Aamsanchar

भोटेकोसीमा दशकयताकै ठूलो बाढी

Author Image
बुधवार, असार २२, २०७३

मेलम्ची।

सिन्धुपाल्चोक जिल्लामा पछिल्लो समय अत्यधिक वर्षा हुँदा भोटेकोसी नदीमा एक दशकयताकै सबैभन्दा ठूलो बाढी आएको छ ।

जिल्लाको सिमाना रहेको तिब्बत क्षेत्रमा लगातारको वर्षाका कारण आएको बाढीले तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाँडीचौरलगायत क्षेत्र डुबानमा पर्न सक्ने सम्भावना देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी उपरीक्षक रवीन्द्र केसीका अनुसार मङ्गलबार रातिदेखि अत्यधिक वर्षाले भोटेकोसी नदीमा पानीको बहाव बढेकाले नदी किनारमा बसोबास गर्ने स्थानीयवासीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको र बाढीले हालसम्म कुनै पनि मानवीय क्षति भएको विवरण नआएको केसीले जानकारी दिनुभयो ।

वर्षाका कारण अरनिको राजमार्गअन्तर्गत जम्बु भन्ने स्थानमा बाढीले सडक कटान गरेको र जुरेमा माथिबाट खसेको लेदोका कारण बन्देउ–तातोपानी सडकखण्डमा यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजु पाण्डेले बताउनुभयो ।

पाण्डेका अनुसार तातोपानी, बाह्रबिसे, लामोसाँघु, खाडीचौरका स्थानीयवासीलाई मङ्लबार रातिदेखि माइकिङ गर्दै सुरक्षित स्थानमा जान अनुरोध गरेको थियो । वर्षा र बाढीका कारण सञ्चार सम्पर्कमा समेत कठिनाइ भएको पाण्डेले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर