Aamsanchar

प्याब्सन यु–१६ बास्केटबल अर्को हप्ता

Author Image
बुधवार, असार २२, २०७३

काठमाडौँ ।

सातौँ विद्यालयस्तरीय १६ वर्षमुनि (यु–१६)को छात्र बास्केटबल यही असार ३१ गतेदेखि राजधानीमा हुने भएको छ ।

काठमाडौँ प्याब्सन (निजी तथा आवासीय विद्यालयको सङ्गठन, नेपाल)को आयोजनामा हुने प्रतियोगितामा ३२ टोलीको सहभागिता रहनेछ । सहभागी टोलीलाई विभिन्न आठ समूहमा विभाजन गरी ‘लिग कम नकआउट’का आधारमा खेल खेलाइने कार्यक्रम छ । प्रत्येक समूहको विजेता र उपविजेता प्री–क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।

फन भ्याली प्रालिको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछन् । प्रतिभाको पहिचान गर्ने र देश–विदेशमा हुने उमेर समूहको प्रतियोगितामा प्रतिनिधित्व गर्न अवसर प्रदान गर्ने उद्देश्यले उमेर समूहको प्रतियोगितामा जोड दिइएको काठमाडौँ प्यााब्सनका अध्यक्ष थकिनकुमार गुरुङले बताउनुभयो ।

नेपाल बास्केटबल सङ्घको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगिताको फाइनल खेल आगामी साउन ६ गते हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर