Aamsanchar

युरोकप: आज पोर्चुगल र वेल्स भिड्ने

Author Image
बुधवार, असार २२, २०७३

काठमाडौं ।

1467776292eurofinal

फ्रान्समा जारी युरोकप फुटबलका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछन् । पहिलो सेमिफाइलनमा पोर्चुगल र वेल्स भिड्नेछन् ।

खेल नेपाली समय अनुसार आज राति पौने १ बजे फ्रान्सको लियोंमा सुरु हुनेछ । पोर्चुगल र वेल्स कुनै पनि ठूलो फुटबल प्रतियोगिताको पहिलो उपाधिको खोजीमा रहेकाले आजको खेल निकै प्रतिस्पर्धात्मक हुने धेरैको अनुमान छ ।

समुह चरणमा एउटा पनि खेल जित्न नसकेको पोर्चुगल यसपटक भाग्यमानी साबित हुँदै आएको छ । आईसल्याण्ड, हंगेरी र अष्ट्रियासँग बराबरी खेल्दै समुहमा तेस्रो स्थामा अ‍ोगटेर राउण्ड अफ सिक्सटिनमा पुगेको पोर्चगलले नकआउट चरणको पहिलो खेलमा क्रोएसियालाई अतिरिक्त समयमा पराजित गरेको थियो ।

यसैगरी क्वाटरफाईनलमा पोल्याण्डलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै पोर्चुगलले सेमिफाइनलमा स्थान बनाएको हो । सेमिफाइनलसम्म आईपुग्दा पाँच खेल खेलेको पोर्चगलले एउटा पनि खेल ९० मिनेटको समयमा जित्न सकेको छैन

उता वेल्सको यात्रा भने पृथक छ । समुह चरणमा इङ्ल्यान्डसँग २-१ ले हारेको वेल्स स्लोभाकिया र रुसलाई हराउँदै समुह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको थियो । उक्त चरणमा नर्दन आयरल्याण्डलाई १–० ले हराएको वेल्सले क्वाटरफाईनलमा बलियो टोली बेल्जियमलाई ३–१ ले पाखा लगाएको थियो । उपाधि दावेदार बेल्जियममाथिको सहज जितसँगै वेल्सको मनोबल निकै उच्च बनेको छ ।

सन् १९५८ को विश्वकप फुटबलको क्वाटरफाइनलसम्म प्रवेश गरेको वेल्स कुनै पनि ठूलो फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको यो पहिलो अवसर हो । आजको खेललाई पोर्चुगल र वेल्सका दुई चर्चित खेलाडी क्रिश्चियानो रोनाल्डो र ग्यारेथ बेलको भिडन्तको रुपमा समेत हेरिएको छ ।

स्पेनिस क्लब रियाल मड्रिडबाट व्यावसायिक फुटबल खेल्दै आएका रोनाल्डो र बेललाई समकालिन विश्व फुटबलका सर्वाधिक प्रतिभावान र सफल खेलाडीमध्येका दुई मानिन्छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 205

प्रतिक्रिया (०)

सम्बन्धित खबर