Aamsanchar

अनिश्चितकालीन यातायात बन्द पुनः खुल्ने

Author Image
शुक्रवार, असार २४, २०७३

भोजपुर,।

index

यातायात व्यवसायी सङ्घ भोजपुरले गरेको अनिश्चितकालीन यातायात बन्द यही असार २६ गतेदेखि खुल्ने भएको छ ।

सङ्घले सार्वजनिक सूचना जारी गर्दै असार २६ गते आइतबारदेखि भोजपुर–धरान भोजपुर–लेगुवा, धरान–भोजपुरलगायत यातायात सेवा सञ्चालन हुने जानकारी गराएको हो ।

वर्षाका कारण सडक अवरुद्ध भएको र सडक बनाउने ठेकेदारले लापरबाही गरेको भन्दै भोजपुरका बस व्यवसायीले असार १४ गतेबाट अनिश्चितकालीन यातायात बन्द गरेका थिए । भोजपुरका सबै पक्ष सम्मिलित अनुगमन समितिले सडक अनुगमन गरी यातायात सञ्चालन गर्ने निर्णय भएको सङ्घका अध्यक्ष गोपाल तामाङले जानकारी दिनुभयो ।

व्यवसायी सङ्घले यातायात बन्द गराएपछि भोजपुरका सर्वसाधारण भोजपुरदेखि लेगुवासम्म पैदल आवतजावत गर्ने गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर