Aamsanchar

जर्मनीलाई पराजित गर्दै फ्रान्स युरोकपको उपाधि नजिक

Author Image
शुक्रवार, असार २४, २०७३

झापा ।

indexf

आयोजक फ्रान्स युरोकप फुटबलको फाईनलमा प्रबेश गरेको छ । आज बिहान सम्पन्न दोश्रो सेमिफाईनलमा बिश्वबिजेता जर्मनीलाई २–० को सहज जित निकाल्दै आयोजक फ्रान्स प्रतियोगीताको उपाधि नजिक पुगेको हो ।

ठुला प्रतियोगीतामा फ्रान्सले सन् १९५८ यता जर्मनीलाई हराएको यो पहिलो पटक हो ।

फ्रान्सको जितमा एन्टोनी ग्रीजम्यान नायक बने । पहिलो हाफको ईन्ज्युरी समयमा ग्रीजम्यानले पेनाल्टी मार्फत गोल गर्दै फ्रान्सका लागि खाता खोलेका थिए । जर्मनीका कप्तान बाष्टिएन स्वाईन्स टाईगरले डिबक्समा हेण्ड गरेपछि पाएको पेनाल्टीको अबसरलाई ग्रीजम्यानले सदुपयोग गरेका थिए ।

पहिलो हाफमा एक शुन्यको अग्रता बनाएको फ्रान्सका लागी खेलको ७२ औ मिनेटमा ग्रीजम्यानले दोश्रो गोल गरे । जारी प्रतियोगीतामा उनले ६ गोल गर्दैै सर्बाधिक गोलकर्ताको सुचीको शिर्ष स्थानमा छन् ।

६८ प्रतिशत खेल आफ्नो नियन्त्रणमा राखेपनि जर्मनी प्रतियोगितामा अघि बढ्न भने सकेन । उसका ५ प्रहार फ्रान्सका गोलरक्षक हुगो लौरिसले बचाएका थिए ।

उपाधिका लागि फ्रान्सले पर्सि आइतवार पोर्चुगलसंग प्रतिस्पर्धा गर्नेछ । पोर्चुगल वेल्समाथी २–० को जित निकाल्दै उपाधि नजिक पुगेको हो । उपाधि भिडन्त पेरिसस्थित स्टेड डि फ्रान्समा हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर