Aamsanchar

सेतो सुटमा कालो धन्दा/ अनुगमन टोली आफै चकित

Author Image
शुक्रवार, असार २४, २०७३

(पार्थ मण्डल) भद्रपुर ।

doctor-stethoscope_2339713b

मानिसको सबै भन्दा ठूलो सम्पत्ति भनेकै उनको स्वास्थ्य हो । स्वास्थ्य अवस्था राम्रो राख्न मानिस सामान्य विरामी पर्दा अस्पताल भन्दा पनि नजिकको औषधी पसल तथा किल्निकमा जाने गरेका छन् ।

तर ती औषधी पसल र किल्निक सञ्चालकले विरामीको स्वास्थ्यसंग खुलेआम खेलवाड गरिरहेका छन् । यस बिषयमा आम नागरिक अझै पनि बेखबर नै छन् ।उनीहरु चर्को शुल्क तिरेर उपाचार गराउन बाध्य छन् । चिकित्सकको लाइसेन्स नभएका औषधी पसलले चिकित्सक बनेर उपचार गराइरहेका छन् । औषधी विभाग तथा जनस्वास्थ्य कार्यालयको निर्देशीका तथा मापदण्ड पुरा समेत गरेका हुदै नै सञ्चालक । झापामा स्वास्थ्य क्षेत्रमा  यस्तो विकृती बढेको भन्दै अनुगमन टोली आफै चकित परेका छन् ।

औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय झापाले झापाका भद्रपुर, विर्तामोड, दमक, काकरभिटटा, शनिअर्जून लगायत स्थानमा सञ्चालित औषधी पसल तथा किल्निकहरुको अनुगमन सुरु गरेपछि मात्र स्वास्थ्य क्षेत्रको विकृती छलङ्ग भयो । अनुगमन टोलीले मापदण्ड पुरा नगरेका अधिकाश औषधी पसल, किल्निक, भिडियो एक्से, डेण्डल लगायतको किल्निक बन्द गराए । उनीहरुलाई औषधी व्यवस्था विभाग विराटनगर र प्रशासन कार्यालय झापामा हाजिर हुनु भन्दै टोलीले तारिख दिएका छन् ।

केही सञ्चालकलाई अनुगमन टोलीले पक्राउ पनि गरे, केही अवैध पसले सञ्चालक फरार पनि देखिए । यसैक्रममा अनुगमन टोलीले विहिवार झापाको विर्तामोड, शनिअर्जुन, बुधवारे र चाराआली लगातय क्षेत्रका औषधी पसल तथा किल्निकहरुको अनुगमन गरेका छन् । अनुगमन टोलीले विर्तामोडको भद्रपुर रोडमा सञ्चालित निताई आयुर्वेदिक उपाचार केन्द्र बन्द गराएको छ । सो आयुर्वेदिकका एक्सरे सञ्चालक मोहनप्रसाद राजवंशीले मापदण्ड विपरित कक्षा ८ पढने युवक सविनकुमार घिमिरेद्धारा एक्सरे चलाउदै विरामीलाई सेवादिदै गर्दा भेटाएपछि बन्द गराएको प्रशासन कार्यालय झापाका कानुन अधिकृत प्रमोद भटटराईले बताए ।

त्यस्तै भद्रपुर रोडमै रहेको आयुर्वेदिक उपचार केन्द्रका चिकित्सक अगमलाल राजवंशीलाई विरामी ठगेको आरोपमा पक्राउ गरेको छ । राजवंशीले औषधी विभाग तथा जनस्वास्थ्य कार्यालयको अनुमति बगेर हात खुटटा भाचिने विरामीलाई पालस्टर गरी उपचार गराउदै गरेको अवस्थामा पक्राउ गरेको अधिकृत भटटराईले बताए । न्यु हिमालयन एक्सरेका सञ्चालक हिमाल अधिकारी पनि पक्राउ परेका छन् । एसएलसी पास गरेका अधिकारीले आवश्यक कागकात पुरा गरेर एक्सरे सञ्चालन गरेपनि उनले एक्सरे सम्बन्धि कुनै कोर्ष पुरा नगरी विरामी जाच्दै गरेको अवस्थामा भेटिएपछि उनलाई पक्राउ गरेको औषधि व्यवस्था विभागका फार्मर्सी अधिकृत गणेश कुमार तामाङ्गले बताए । पक्राउ परेका राजवंशी र अधिकारीलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय विर्तामोड बुझाइदिएको अधिकृत तामाङ्गले बताए ।

त्यसैगरी शनिअर्जूृन नगरपलिकामा सञ्चालित हाम्रो औषधी पसलले आफ्नै पसल भित्र अस्पताल नै सञ्चालन गरेको भेटिएपछि सो पसल बन्द गराएको छ । सो पसलका सञ्चालक राम कार्कीले अवैध रुपमा पसलभित्रै किल्निक सञ्चालन गर्नुका साथै औषधी विभागमा नविकरण नगरेको, मिति सकिएका औषधी बच्न राखेको, विरामीबाट चर्को शुल्क असुलेको विलविजकबाट भेटिएपछि पसल बन्द गराएको अधिकृत तामाङ्गले बताए ।

यता चाराआलीमा सञ्चालित आयुष फर्माका सञ्चालक सन्तोषकुमार यादवले मिति सकिएका औषधी बेच्न राखेको, कागजात पुरा नगरेको, अनुगमन टोलीको निर्देशनको खिल्ली उडाएको भन्दै पसल बन्द गराएको अधिकृत तामाङ्गले बताए । औषधी पसल गराइएका सञ्चालकहरुलाई विराटनगर हाजिर हुनु भनि आदेश समेत दिइसकेको उनले बताए ।
आयुर्वेदिक कविराजद्धारा विरामी ठगी

जिल्ला आयुर्वेदिक अस्पताल झापामा कार्यरत कविराज सकलदेव चौधरीले उपचार गराएबापत विरामीबाट बढी रकम असुलेर ठगी गर्ने गरेको पाइएको छ ।

शनिअर्जुन स्थित हाम्रो औषधी पसलमा कार्यरत आयुर्वेदका कविराज चौधरी एलोपेथिक पसलमा बसेर विरामीबाट बढी रकम असुल्ने गरेको अनुगमन टोलीले फेला पारेको छ । कविराज चौधरीले पालस्टर गराएबापत एक जना विरामीबाट अधिकत एक हजार पाँच सय रुपैया सम्म लिने गरेको पसलको विलविजकमा भेटिएको औषधी व्यवस्था विभागका फार्मेसी अधिकृत गणेश तामाङ्गले बताए ।

कविराज चौधरी सहित पसल सञ्चालक राम कार्कीलाई आइतबार जिल्ला प्रशासन कार्यालयमा हाजिर हुन अनुगमन टोलीले निर्देशन दिइसकेको झापाका कानुन अधिकृत प्रमोद भटटराईले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर