Aamsanchar

च्याउ खाँदा दुईको मृत्यु

Author Image
शनिवार, असार २५, २०७३

गोरखा ।

जङ्गली च्याउ खाँदा उत्तरी गोरखाको काशीगाउँमा दुई जनाको मृत्यु भएको छ । अर्की एक बालिका बिरामी परेकी छिन् ।

काशीगाउँ–८ की ६५ वर्षीया फूलमाया गुरुङ र उनकी नातिनी ११ वर्षीया रविना गुरुङको शुक्रबार मृत्यु भएको हो भने ६ वर्षीया तिर्सना गुरुङ बिरामी छिन् । उनको काशीगाउँस्थित स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

रविना र तिर्सना फूलमायाकी छोरीकीे छोरी (नातिनी) हुन् । उनीहरु काशीगाउँ–३ स्थित कोनाम्चेमा रहेको गोठमा बस्दै आएका थिए । “गाई गोठमा बस्दै आएका उनीहरुले विषालु च्याउ खाएका रहेछन्” काशीगाउँ गाविसका सहायक चन्द्रबहादुर गुरुङले भभन्नुभयो, “च्याउको झोल मात्रै पिएकी तिर्सना बिरामी छिन् ।” च्याउ खाएलगत्तै तिर्सनाले बान्ता गरेकीले उनी बाँच्न सफल भएकी गुरुङले बताउनुभयो ।

जङ्गलमा उम्रेको विषालु च्याउको तरकारी खाँदा फूलमाया र रविनाको मृत्यु भएको गाविस सचिव दीपक गुरुङको भनाइ छ । उपचाररत तिर्सनाले बताएअनुसार फूलमाया र रविनाले च्याउको तरकारी खाएको स्थानीय शिक्षक धनकुमार घलेले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर