Aamsanchar

साइकलको ब्रेक फेल हुँदा प्रिन्सिपलको निधन

Author Image
शनिवार, असार २५, २०७३

उदयपुर  ।

साइकल दुर्घटनामा परेर उदयपुरका एक प्रिन्सिपलको निधन भएको छ । जिल्लाको पूर्वी नगरपालिका बेल्टार–बसाहा १ स्थित कन्चनजंघा लोवर सेकेण्डरी बोर्डिङ स्कूलका प्रिन्सिपल नरेन्द्र थापाको शुक्रबार भएको साइकल दुर्घटनामा निधन भएको प्रहरीले जनाएको छ ।

बोर्डिङका संस्थापकसमेत रहेका ४१ वर्षीय थापा बाख्रालाई घाँस लिएर जंगलबाट घर फर्कने क्रममा साइकलको ब्रेक फेल भई लड्दा निधन भएको इलाका प्रहरी कार्यालय बेलटारले जनाएको छ । स्कुल विदापछि जंगल गएका उनी घाँस लिएर फर्कदै गर्दा बेबनपा २ स्थित समावेशी टोलको खाल्डो परेको सडकमा परेर गम्भीर घाईते भएका थिए । उनलाई उपचार गर्न लान नभ्याई निधन भएको इप्रका बेल्टारका इन्सपेक्टर भिमप्रसाद सिलवालले बताए ।

दुर्घट्नामा परी बेहोस् भएका थापालाई स्थानीय क्लिनिकमा प्राथमिक उपचारपछि विराटनगरतर्फ लान एम्बुलेसन्स बोलाउदा बोलाउँदै मृत्यु भएको इन्सपेक्टर सिलवालले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर