Aamsanchar

सचेत नागरिक समूह सार्वजनिक,खबरदारी गरिरहने उद्घोष

Author Image
शनिवार, असार २५, २०७३

sachet nagarik

बिर्तामोड ।
स्वास्थ्य क्षेत्रको विकृति विरुद्ध ससक्त आवाज उठाउादै आएको सचेत नागरिक समूह शनिबार आधिकारिक रुपमा सार्वजनिक भएको छ ।
सचेत नागरिक युवा समूहले अहिलेसम्मको विज्ञप्ति र घटनाक्रमको जिम्मेवारी लिादै सार्वजनिक भएको हो ।
समूहका अध्यक्ष लक्ष्मण बस्नेत र उपाध्यक्ष हेमकुमार घिमिरेले संयुक्त विज्ञप्ति जारी गरी सचेत नागरिक समूहको नामबाट स्वास्थ्य क्षेत्रको विकृति उजागर गर्दै आएको जनाएका छन् ।
‘समाजमा रहेका विकृति अन्त्यको सट्टा विकृतिको विरोध गर्नेलाई नै गलत कार्यमा संलग्नले प्रभाव पार्न सक्ने कुरा मनन् गरी सचेत नागरिक समूहको नामबाट हामीले नै विज्ञप्ति जारी गरेको स्पष्ट पार्दछौं’– विज्ञप्तिमार्फत प्रष्ट्याइएको छ ।
यस अघि उक्त समूहलाई भूमिगत भएको तथा त्यसमा पत्रकारकै संलग्नता रहेको भनी केही पत्रकारले भ्रामक प्रचार गर्नुका साथै पत्रकारकै चरित्र हत्याको प्रयास समेत गरेका थिए ।
दुई साता भन्दा बढी समयदेखि चर्चामा रहेको सचेत नागरिक युवा समूहले विगतमा पनि मेची अञ्चल अस्पतालको सेवा प्रभावकारी बनाउन पटकपटक लिखित रुपमा नै ध्यानाकर्षण गराउादै आएको स्मरण गराएको छ ।
सो समूहले समाजको शान्ति सुव्यवस्था खल्बल्याउने आफ्नो उद्देश्य नरहेको तर कानूनको मातहतमा रहेर नागरिक अधिकारको लागि विकृति विरुद्ध निरन्तर खबरदारी गर्ने पनि प्रष्ट पारेको छ ।
‘विकृतिविरुद्ध जसले पनि आवाज उठाउन सक्छ’ – सचेत नागरिक युवा समूहको विज्ञप्तिमा भनिएको छ –‘हाम्रो अभियान परिवर्तन र स्वस्थ्य समाज निर्माणका लागि मात्र हो ।’ आफूहरुले महत्वपूर्ण सवाल उठाएको तथा ती सवालमाथि विकृति अन्त्यका लागि प्रधानमन्त्रीले समेत विशेष चासो र स्थानीय प्रशासनले विशेष सक्रियता देखाएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ –‘जसका कारण आज धेरै नक्कली चिकित्सक पक्राउ परेको, मापदण्ड विपरीतका अस्पताल, औषधी पसल र गैह्रकानुनी कार्यमा संलग्न चिकित्सकलाई कानूनी कारवाहीको दायरामा ल्याउन सफलता मिलेको छ । नियम विपरीत कार्य गर्नेहरु सचेत भएका छन् ।’ यस्तो सफलता निरन्तर अग्रसरका लागि उक्त समूहले स्थानीय प्रशासन, प्रमुख जिल्ला अधिकारी तथा विकृति उजागर गरेर सहयोग पुर्‍याउने सञ्चारकर्मी र सञ्चार माध्यमलाई समेत धन्यवाद दिइएको छ ।
समूहको अभियानमा सहयोग गरेर विकृति अन्त्यका लागि योगदान पुर्‍याउन सबै पत्रकार, सञ्चार माध्यम, नागरिक समज, स्थानीय प्रशासन, अधिकारकर्मीमा अपील समेत गरिएको छ । यस अघि उक्त समूहको अभियानलाई ओझेलमा पार्ने गरी केही पत्रकारले गलत कार्यमा संलग्न चिकित्सकको प्रभावमा परेर विषयलाई अतिरञ्जित ढंगले शृङ्खलाबद्ध रुपमा प्रचार गर्दै आएका थिए ।
यो शृङ्खलाकै बीचमा अधिकारकर्मी विष्णुप्रसाद खरेल, पत्रकार तथा लेखकहरुले समाजका विकृति उजागर गर्न नागरिकले जुनसुकै तरिकाबाट पनि आफ्ना धारणा र अभियान सार्वजनिक गर्न सक्ने उल्लेख गरिसकेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 227

प्रतिक्रिया (०)