Aamsanchar

जङ्गलमै फसेका गोठालालाई खाद्यान्न र कपडा पु¥याइयो

Author Image
आइतवार, असार २६, २०७३

ताप्लेजुङ ।

ताप्लेजुङको लेलेपस्थित घुन्सा खोलामाथिको पुल बाढीले बगाएपछि जङ्गलमा नै फसेका गोठालालाई केही दिन पुग्ने खाद्यान्न र लत्ताकपडा पु¥याइएको छ ।

बिहीबार बिहान आएको बाढीले पुल बगाएर घर फर्कने अवस्थामा नरहेका उनीहरुलाई केही दिनका लागि पुग्ने गरी खाद्यान्नलगायतका सामग्री घुन्साका स्थानीयवासीले पु¥याएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

केही दिनअघि चौँरी लिएर गएका स्थानीयवासी २३ परिवार चौँरी लिएर फर्कन नसक्ने भएकाले उनीहरुका लागि केही दिनलाई पुग्ने खाद्यान्नसहितका सामग्री घुमाउरो सात घन्टा लामो बाटो हुँदै पु¥याएको घुन्साबाट चुङ्दाक शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार केही दिनमा नै स्थानीयवासीको सक्रियतामा काठे पुल निर्माण गरी गाउँमा फर्काउने तयारी भएको छ ।

घुन्सा खोलामा आएको बाढीले खोलामाथिको पुल बगाएपछि चौँरी गोठ लिएर जङ्गल गएका घुन्साका १५ र फलेका आठ परिबार जङ्गलमा नै फसेका थिए । गोठहरु अहिले घुन्सामाथिको रामदाङ, नुप्चुभेल्ली र थाम्दाङ क्षेत्रमा रहेका छन् । बाढीले बगाएको पुल निर्माणका लागि कम्तीमा पनि रु छ लाखसम्म लाग्ने र त्यो पनि वर्षा कम भएको समयमा मात्रै सम्भव हुने स्थानीयवासीको भनाइ छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर