Aamsanchar

कोइरालालाई आइसियुबाट अन्तै सार्ने तयारी

Author Image
आइतवार, असार २६, २०७३

काठमाडौँ।

timthumb.php

ओम अस्पतालमा उपचाररत नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको छ ।

उहाँ अहिले संवाद गर्न र खानेकुरा खानसक्ने हुनुभएको अस्पतालले जनाएको छ । कोइरालाको स्वास्थ्यमा सुधार आएकाले अब एकदुई दिनमा हिँडडुल गराइने उपचारमा संलग्न डा हरिकिशोर श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

केहीदिनभित्र कोइरालालाई सघन उपचार कक्ष आइसियुबाट अन्तै सार्ने अस्पतालको तयारी छ । “उहाँको स्वास्थ्यमा धेरै सुधार आएको छ, अब, सघन उपचार कक्षबाट निकालेर डिलक्स वार्डमा सार्छौं, अहिले बाहिर सार्दा भिजिटर धेरै हुने भएकाले आइसियुमै राखेका हौँ” – डा श्रेष्ठले भन्नुभयो ।

स्वास्थ्यमा एक्कासि खराबी आएपछि उपचारार्थ डा कोइरालालाई गत असार २२ गते बुधबार अस्पताल भर्ना गरी भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । स्वास्थ्यमा उल्लेख्य सुधार आएपछि बिहीबार अपराह्नदेखि आइसियुमा राखिएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर