Aamsanchar

बालकको हत्या गर्ने पक्राउ

Author Image
मङ्गलवार, असार २८, २०७३

दाङ–

women-arrested

सात वर्षीय बालकको हँसिया प्रहार गरी वीभत्स तरिकाले हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

विजौरी–२ निवासी ७ वर्षीय दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ वीभत्स हत्या भएको थियो । दाङ जिल्ला प्रहरी प्रमुख धीरजप्रताप सिंहले हत्यापछि फरार अभियुक्त दीपककै फुपू २६ वर्षीया गौतमी खत्रीलाई प्रहरीले आइतबार राति घोराहीबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले लुकिछिपी बस्दै आएकी गौतमी खत्रीलाई घोराहीबाट पक्राउ गरेको हो । पक्राउ परेकी अभियुक्तसँग हत्याको बारेमा सोधपुछ सुरु गरिने प्रहरीले बताएको छ ।

दीपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाइँ गर्न गएको समयमा नजिकै घर भएकी फूपु आएर दीपकको टाउको, घाँटी र पेटमा हँसिया प्रहार गरी हत्या गरेको एसपी सिंहले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर