Aamsanchar

‘काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री’ आइसक्यो कांग्रेसको पत्र

Author Image
मङ्गलवार, असार २८, २०७३

झापा ।deuprachanda.jpg

केपी शर्मा ओली नेतृत्वको सरकारबाट हठात बाहिरिएको नेकपा माओवादी केन्द्रले अब आप्mनै नेतृत्वमा सरकार गठन हुने दाबी गरेको छ ।

 

यस्का लागि नेपाली काँग्रेसले लिखित पत्र नै नेकपा माओवादी केन्द्रलाई दिइसकेको उस्को दावी छ । आज विहान बसेको वैठक मार्फत सरकारबाट वाहिरिने निर्णय गरेपछि पत्रकार सम्मेलनको आयोजना गर्दै माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बन्ने निर्णय भएको खुलासा गर्नुभयो ।

 

पहिलो चरणमा दाहाललाई प्रधानमन्त्री बनाउने पत्र काँग्रेसको तर्फबाट पाइसकेको बताउदै महराले काँग्रेसले भोलि यसबारे पत्रकार सम्मेलन गरेर जानकारी दिन दावी गर्नुभयो । तर पत्रको विषयमा नेपाली काँग्रेसका नेता रमेश लेखकले अनभिज्ञता प्रकट गर्नुभयो ।

 

Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर