Aamsanchar

पौडीका गौरिका र शिरिषले ओलम्पिक खेल्ने

Author Image
मङ्गलवार, असार २८, २०७३
काठमाण्डौं ।
1207201603353511-600x0
पौडीका गौरिका सिंह र शिरिष गुरुङले ब्रजिलमा हुने ओलम्पिक प्रतियोगितामा खेल्ने भएका छन् ।
गौरिकाले सय मिटर ब्याकस्ट्रोक र शिरिषले सय मिटर फ्रिस्टाईलमा प्रतिस्पर्धा गर्ने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी दिनुभयो ।
रुसको कजानमा भएको ओलम्पिक क्वालिफाईङ राउण्डमा ल्याएको अंकका आधारमा अन्तर्राष्ट्रिय पौडी संघले गौरिका र शिरिषको नाम ओलम्पिकका लागि छनोट गरेको हो ।
छनोट प्रतियोगितामा नेपालका किरण कार्की र सोफिया शाहले समेत प्रतिस्पर्धा गरेका थिए । ओलम्पिक तयारीका लागि गौरिकाले लण्डन र शिरिषले बैङ्कक प्रशिक्षण सकेर काठमाडौंमा अभ्यास गरिरहेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर