Aamsanchar

सुत्केरीको मृत्यु

Author Image
मङ्गलवार, असार २८, २०७३

उर्लाबारी (मोरङ)।

उर्लाबारी – ४ स्थित गोदाबारी हस्पिटलमा प्रसूतिका लागि ल्याइएकी एक महिलाको मृत्यु भएको छ ।
प्रसूतिका लागि सोमबार अस्पताल भर्ना गरिएकी झापा, दमक – १६ बस्ने २५ वर्षीया ज्योति खड्काको आज बिहान मृत्यु भएको हो । खड्काको मृत्युपछि आफन्त तथा स्थानीयवासीले चिकित्सकमाथि कारबाहीको माग गर्दै अस्पताल घेराउ गरेका छन् ।

गए राति सफल शल्यक्रियाका साथ पहिलो सन्तानका रुपमा शिशु (छोरी ) जन्मिए पनि सुत्केरीको आज बिहान मृत्यु भएको हो । हस्पिटलका डा बिपी कर्णले शल्यक्रिया गरेका थिए । चिकित्सकको लापरबाहीका कारण सुत्केरीको मृत्यु भएको बताउँदै मृतकका आफन्तले हस्पिटलमा तोडफोड समेत गरेका छन् ।
शल्यक्रियापछि जन्मिएको शिशुको अवस्था भने सामान्य छ । हस्पिटल परिसरमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक राजकुमार राईले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 140

प्रतिक्रिया (०)

सम्बन्धित खबर