Aamsanchar

संसद् सुरु हुनुअगावै अविश्वासको प्रस्ताव दर्ता गरिने

Author Image
बुधवार, असार २९, २०७३

काठमाडौँ।

ca1

नेकपा (माओवादी केन्द्र) का नेता गिरिराजमणि पोखरेलले आफ्नो दलले व्यवस्थापिका–संसद्को आजको बैठक सुरु हुनुअगावै वर्तमान सरकार विरुद्ध अविश्वासको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउने जानकारी दिनुभएको छ ।

केन्द्रको नयाँ बानेश्वरस्थित संसद्भवनमा आज बिहान बसेको संसदीय दलको बैठकपछि उहाँले अविश्वासको प्रस्ताव दर्ता गराएपछि सरकारको बजेट पारित गराउन भने आफ्नो पार्टीले अवरोध नगर्ने बताउनुभयो ।

केन्द्रको पदाधिकारी बैठकले पनि तत्काल प्रम ओलीलाई पदबाट राजीनामा दिन माग गरेको थियो । व्यवस्थापिका–संसद्को बैठक ३ बजे बस्नेछ ।

नेता पोखरेलले केन्द्र र एमालेका बीचमा भएका नौबुँदे र तीनबुँदै भद्र सहमतिलाई प्रम ओलीले कार्यान्वयन नगरेको हुँदा आफ्नो पार्टी सरकारबाट बाहिरिने निर्णय गरेको स्पष्ट पार्नुभयो ।

अब बन्ने नयाँ सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहालले गर्नुहुने र यसका लागि नेकाले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर