Aamsanchar

एक वर्षमा दैवीप्रकोपबाट ७५ को मृत्यु

Author Image
बिहिवार, असार ३०, २०७३

बाँके ।

Big-Fish-At-Tamor-river-1-450x350

चालु आवमा मध्यपश्चिमाञ्चलका १५ जिल्लामा दैवी प्रकोपबाट ७५ जनाको मृत्यु भएको छ । बाढी पहिरो, हावाहुरी, आगलागी र चट्याङलगायतका दैवी प्रकोपबाट ७५ जनाको मृत्यु हुनुका साथै रु ७४ करोड २० लाख ८२ हजार बराबरको भौतिक सम्पत्तिको क्षति भएको हो ।

मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रहरी कार्यालयका अनुसार दैवी प्रकोपबाट दुई हजार ७२१ घरगोठ क्षति भएका छन् । यस्तै, यस अवधिमा २७३ पशु चौपाया मरेका छन् । मध्यपश्चिमाञ्चलका अधिकांश जिल्लामा बाढीपहिरो र आगलागीका घटनाबाट धेरैको ज्यान जाने गरेको छ ।

यद्यपि अन्य क्षेत्रभन्दा मध्यपश्चिममा दैवीप्रकोपका घटनामा जनधनको क्षति कम हुने गरेको सो कार्यालयले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर