काठमाण्डौं।





प्रमुख प्रतिपक्षी कंग्रेस र नेकपा माओवादी केन्द्रले अविश्वासको प्रस्ताव दर्ता गरेपछि पार्टीको भूमिका तय गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ ।



सरकार अल्पमतमा परेपनि प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिइ अविश्वासको प्रस्तावको सामना गर्ने तयारी गरेपछि संसद्मा पार्टीको भूमिकाबारे छलफल गर्न बैठक बस्न लागेको हो ।


नयाँबानेश्वरस्थित संसद् भवनमा अपरान्ह ३ बजे बस्ने बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे संसदीय दलका सदस्यलाई जानकारी गराईने एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिनुभयो ।
संसद्मा पार्टीका सांसद्हरुको भूमिकाका विषयमा समेत बैठकमा छलफल हुनेछ । संसद्मा अविश्वासको प्रस्ताव पेश भएपछि हुने छलफलका क्रममा एमालेले आफू नेतृत्वको सरकारको औचित्य पुष्टि गर्ने तयारी गरेको छ ।





































Views: 162