Aamsanchar

कुमारमणिको नेतृत्वमा संयुक्त व्यवसायी प्यानलको उमेद्वारी घोषणा

Author Image
शनिवार, साउन १, २०७३

kumarmani ko team

सुरुङ्गा ।

कनकाई उद्योग वाणिज्य संघको आसन्न चुनावमा संयुक्त व्यवसायी प्यानलले शुक्रबार उमेद्वारी घोषणा गरेको छ । सो प्यानलबाट अध्यक्ष पदमा कुमारमणि पोखरेलले उम्मेद्वारी दिएका छन् ।
शुक्रबार सुरुङ्गास्थित झापा होटलमा घोषणासभाको आयोजना गरी संयुक्त व्यवसायी प्यानलका तर्फबाट उनले उम्मेद्वारी घोषणा गरेका हुन् । कनकाई उद्योग वाणिज्य संघमा वर्तमान सदस्य तथा कनकाई अतिथि सदन निर्माण समितिका संयोजक भई काम गरेका पोखरेल सुरुङ्गा जेसीजका पूर्व अध्यक्ष, लायन्स क्लब अफ कनकाई सुरुङ्गाका फस्ट भाइस प्रेसिडेन्ट, दुर्गापुर बजार व्यवस्थापन समितिका उपाध्यक्ष, भृकुटी उच्च मावि दुर्गापुरका विद्यालय व्यवस्थापन समितिका सदस्य, रोटरी क्लब विर्तामोडका संस्थापक सदस्य लगायतका जिम्मेवारीमा रही सामाजिक सेवामा रहेका छन् । शालीन र बौद्धिक व्यक्तित्वका धनी पोखरेलले व्यापारी–व्यवसायीको हित एवम् बन्द निषेधित सुरुङ्गालाई निरन्तरता दिने लगायतका मुद्दालाई आफूले प्राथमिकतामा राखेको र विरोधीसाग स्वस्थ प्रतिष्पर्धा गर्न आफूले चाहेको बताए ।
त्यसै गरी संयुक्त व्यवसायी प्यानलका तर्फबाट उपाध्यक्षमा मिनाल तिम्सिना र कृष्णप्रसाद चुडाल, महासचिवमा सोमनाथ उप्रेती, सचिवमा जीवन चुडाल र ख्यामप्रसाद ओली, कोषाध्यक्षमा खिनमाया खतिवडा, सदस्यहरुमा श्रीप्रसाद खरेल, विश्वविजय खरेल, अनिल गोयल, पुण्यप्रसाद सिटौला, सहरमान कटुवाल तथा महिला सदस्यमा भगवती कटुवाल र नमिता काफ्लेले समेत उम्मेद्वारी घोषणा गरेका थिए ।
साझा उम्मेद्वार छनोट कार्यदलका संयोजक हिराकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा नेपाल झापा सचिव केशवप्रसाद ओझा, नेपाली कांग्रेस पूर्व जिल्ला सदस्य टेकनारायण संग्रौला, एमाले नगर अध्यक्ष कोमलप्रसाद पन्त, कनकाई उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष युवराज संग्रौला लगायतले बोलेका थिए । राप्रपा नगर अध्यक्ष खेमराज कार्कीको स्वागत मन्तव्य रहेको कार्यक्रम माले नगर सचिव भीष्म मैनालीले सञ्चालन गरेका थिए । साउन १ गते शनिवार उम्मेद्वारी मनोनयन र साउन १४ गते निर्वाचनको मिति तोकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर