Aamsanchar

काँग्रेस सांसदलाई ह्विप

Author Image
शनिवार, साउन १, २०७३

काठमाडौँ । 

index

नेपाली काँग्रेसले आफ्ना सासंदलाई आगामी ६ गते बस्ने व्यवस्थापिका–संसद्को बैठकमा अनिवार्य उपस्थिति हुन ह्विप जारी गरेको छ ।
काँग्रेसका प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जारी गर्नुभएको विज्ञप्तिमा काठमाडौँ उपत्यकाबाहिर र विदेशमा रहेका सम्पूर्ण सदस्यलाई साउन २ गते आइतबारसम्म संसदीय दलको कार्यालयमा सम्पर्क राख्न आग्रह गरिएको छ ।
व्यवस्थापिका संसद्का सभामुख ओनसरी घर्तीले साउन ६ गते ११ बजेका लागि संसद्को बैठक आह्वान गर्नुभएको छ ।

 

उक्त दिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि छलफल हुने कार्यक्रम छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर