Aamsanchar

चक्काजाम गर्न खोज्दा विप्लव माओवादीका ५५ कार्यकर्ता पक्राऊ

Author Image
आइतवार, साउन २, २०७३

काठमाडौं ।image.php

सर्लाहीको सुकुम्बासी बस्तीमा प्रहरीले ज्यादती गरेको भन्दै  चक्काजाम गर्न खोज्ने विप्लव माओवादीका ५५ जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

 

राजधानीको कलंकी, बालाजु र चाबहिलबाट आफ्ना २० जना कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको विप्लव माओवादीका नेता माइला लामाले जानकारी दिए ।  त्यस्तै बुटवलमा सडक संघर्षमा उत्रिएका ३५ पक्राउ परेका छन् ।

 

लामाका अनुसार कलंकीबाट मजदुर संगठनका अध्यक्ष योगेन्द्र कुमालसहित सात जना, बालाजुबाट अखिल क्रान्तिकारी काठमाडौं उपत्यका विशेष समन्वय समिति संयोजक लोकेश विक र आकाश भेटवालसहित नौ जना र चाबहिलबाट राष्ट्रिय युवा जनस्वयमसेवक व्युरोका उपाध्यक्ष रबि गोलेसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

विप्लव माओवादीले आइतबार काठमाडौंमा बिहान नौ बजेदेखि दश बजेसम्म चक्काजाम आह्वान गरेको थियो ।

Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर