काठमाडौँ ।
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुले केन्द्रीय समितिमा आवश्यक परामर्श गरेर पार्टीका महत्वपूर्ण निर्णय लिन सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।
वरिष्ठ नेता पौडेलको नेतृत्वमा कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह र नेता डा रामशरण महतले सभापति देउवासँग मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्नुभएको हो ।
देउवा निवास बूढानीलकण्ठमा आज भएको उक्त भेटमा वर्तमान सरकारविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वासको प्रस्ताव लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेता डा महतले जानकारी दिनुभयो ।
भेटमा उहाँहरुले सबै पक्षसँग आवश्यक सरसल्लाह गरेर शीघ्र पार्टीको केन्द्रीय समितिलाई पूर्णता दिन र विभाग गठन गर्न पनि सभापतिलाई सुझाव दिनुभएको थियो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 189