Aamsanchar

१२ सहकारीको दर्ता खारेज

Author Image
सोमवार, साउन ३, २०७३

sahakari

पथरी (मोरङ) ।

सहकारी डिभिजन कार्यालय मोरङले एक दर्जन निस्क्रिय सहकारी संस्थाको दर्ता खारेज गरेको छ ।

सहकारी डिभिजन कार्यालय मोरङका प्रमुख गोपीप्रसाद घिमिरेका अनुसार आव २०७२÷०७३ को अन्त्यमा १२ वटा सहकारीको दर्ता खारेज गरिएको हो । सहकारी सञ्चालन गर्ने स्वीकृति लिएर कारोबार नगरेका र समयमा साधारणसभा गरी सहकारी कार्यालयमा प्रतिवेदन नबुझाएका सहकारी खारेजमा परेका हुन

खारेज हुनेमा ग्रामीण भेगका सहकारी बढी छन् । अघिल्लो वर्ष ३१ वटा सहकारीको दर्ता खारेज भएको थियो । मोरङमा एक हजार ७३ वटा सहकारी सञ्चालनमा रहेको सहकारी डिभिजन कार्यालय मोरङले जनाएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 165

प्रतिक्रिया (०)

सम्बन्धित खबर