Aamsanchar

ग्यासको कालो धन्दा

Author Image
सोमवार, साउन ३, २०७३

gyas
भद्रपुर ।
झापा जिल्ला बजार अनुगमन समितिले गत असार मसान्तसम्ममा झापाका विभिन्न स्थानमा बजार अनुगमन गरेको छ ।
अनुगमन समितिले झापामा जति काम गरे भने पनि त्यो देखावटी मात्र भएको ग्रामीण क्षेत्रका वासिन्दाले आरोप लगाएका छन् । बजार अनुगमन समितिले झापाका सहरी क्षेत्रमा बेला–बेला मात्र अनुगमनमा ध्यानदिने तर ग्रामीण क्षेत्रलाई वेवास्ता गर्दा त्यहााका जनता बर्षौंदेखि व्यापारीबाट खुलेआम ठगिादै आएको स्थानीयले गुनासो गरेका छन् ।
झापाको सदरमुकाम भद्रपुरदेखि लगभग २० किलोमिटर दक्षिणमा पर्ने पृथ्वीनगर, बनियानी, बालुवाडी, पाठामारी, पथरिया, केचना लगायतका गाविस क्षेत्रका उपभोक्ता एलपी ग्यास सिलिण्डरमा ठगिादै आएको घटना बाहिर आएको छ । यसतर्फ झापा बजार अनुगमन समिति मौन छ । सरकारी निकायले ध्यान नदिादा त्यहााका उपभोक्ता एलपी ग्यास सिलिण्डर खरिदमा चर्को शुल्क तिर्न बाध्य भएका छन् । उद्योगको अनुमति लिएर ग्यास व्यापारीले सरकारले तोकेको मूल्य भन्दा फरक मूल्य लिने गरेको घटना सार्वजनिक भएको छ । व्यापारीले प्रति ग्यास सिलिण्डर ७०देखि १ सय २० रुपैयाासम्म बढी रकम असुल्दै कालोबजारी गर्दै आएका छन् ।
झापाको दक्षिणी गाविसहरुमा प्राय:जसो भद्रपुरबाट उत्पादित त्रिशक्ति ग्यास जाने गरेको छ । त्रिशक्तिले सो क्षेत्रमा ९० प्रतिशत व्यापार ओगटेको स्थानीय बताउाछन् । भद्रपुरमै त्रिशक्ति ग्यासको उद्योग हुादाहुादै ग्यास सिलिण्डरमा उपभोक्ता ठगिादै आएकोमा आश्चर्य प्रकट गर्दै कृषि उपज बजार सञ्चालक समिति बनियानीका अध्यक्ष देउमान बुढाथोकीले भने– झापाको प्रशासनले वास्ता नगर्दा यहााका जनता ठगिादै आएका छन् ।
सरकारले भरेको ग्यास १३ सय ८० रुपैयाा प्रति सिलिण्डर तोकेको छ, तर बनियानीका ग्यास उपभोक्ताले प्रति सिलिण्डर १५ सय तिरेर खरिद गरिरहेका छन् । कारोबजारी रोक्ने भनेर उफ्रिने हाम्रो सरकारले यसतर्फ खै ध्यान पुर्‍याएको– अध्यक्ष बुढाथोकीले पीडा पोखे । यहााका जनता ठगिादै आएको बारेमा एकबर्ष अघि नै जिल्ला प्रशासन कार्यालय झापामा लिखित पत्र बुझाएका थियांै, तर हालसम्म सो पत्रको कुनै सुनुवाई नभएको भन्दै उनले आक्रोश समेत पोखेका छन् । बनियानी क्षेत्रमा त्रिशक्ति र मेची ग्यास डिलर रहेको छ । बनियानीमा भट्टराई हार्डवेयर, कार्की हार्डवेयर, जानकी इन्टरप्राइजेज र देवेन्द्र भट्टराईले गरी चार जनाले आधिकारिक रुपमा ग्यास डिलर सञ्चालन गर्दै आएका छन् । ती डिलरहरुले प्रति सिलिण्डर १५ सय भन्दा एक रुपैयाा कममा विक्री गर्दैनन्, उपभोक्ताले ग्यासको मूल्य बढी भएको भन्दा ढुवानी खर्च लागेको भन्दै उल्टै थर्काउने गरेको स्थानीयको भनाइ छ । स्थानीय गोपाल खड्काका अनुसार बनियानीका डिलरबाट छिमेकी गाविस बालुवाडी, पाठामारी, पथरियासम्मका उपभोक्ताले ग्यास खरिद गरी लैजाने गरेका छन् । दैनिक ग्यास सिलिण्डरमा उपभोक्ता ठगिादै आए पनि प्रशासनको मौनताले देशमा कानून नै नभएको यहााका जनताले महशुस गर्ने थालेको खड्काले पीडा सुनाए ।
त्यस्तै पृथ्वीनगरको हिमाली, सगरमाथा, सोमबारे, ज्ञानेचोक लगायतका आधिकारिक डिलरहरुले पनि उपभोक्तासाग प्रति सिलिण्डर १ हजार ४ सय ५० रुपैयाा लिादै आएको तरुण दलका क्षेत्रीय सभापति खडगबहादुर लिम्बूले बताए । ग्यास उद्योगले आधिकारिक रुपमा आफ्नै सवारीसाधनमा त्यहााका डिलरसम्म ग्यास सिलिण्डर पुर्‍याए पनि ७० रुपैयाा बढी लिनु नियमसंगत नभएको लिम्बूको भनाइ छ ।
यता पराजुली एण्ड ब्रदर्श ग्यास (त्रिशक्ति ग्यास) उद्योगका सञ्चालक आदित्य पराजुलीले सो क्षेत्रमा रहेका आधिकारिक डिलरलाई नै ग्यास दिादै आएको बताए । बाटोको समस्याका कारण पृथ्वीनगरसम्म उद्योगकै सवारीले ग्यास सिलिण्डर पुर्‍याउादै आएको स्वीकार्दै पराजुलीले भने– उपभोक्ताबाट चर्को शुल्क लिने बिषयमा आफूलाई जानकारी छैन । त्यहााका आधिकारिक डिलरको पहिचान गर्ने र त्यस्तो पाइएमा ग्यास वितरणमै रोक लगाउने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर