Aamsanchar

साउने मेला सुरु

Author Image
सोमवार, साउन ३, २०७३

mela

रत्ननगर (चितवन) ।

नेपालकै पवित्र तीर्थस्थल चितवनको देवघाटमा सोमबारे बोलओम मेला आजबाट सुरु भएको छ ।

आइतबार साँझ देखिनै देवघाटमा मेला भर्न आएका दर्शनार्थीको आज बिहानैदेखि पूजाआजामा भीड देखिएको छ ।

साउन महिना वर्षकै चोखो महिनाको रुपमा लिइने गरिएको र साउनमा पाँच वटा सोमबार परेकाले आजदेखि साउन अन्तिमसम्म मेला आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नेपालका विभिन्न जिल्लासहित विशेषगरी भारतबाट समेत यहाँ श्रद्धालु भक्तजन यहाँ आउने गर्दछन् ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनले मेला आयोजना गरेको हो । हरेक आइतबार ४ बजेदेखि सोमबार दिउँसो २ बजेसम्म मेला चल्ने जनाएको छ । चितवन, नवलपरासी र तनहुँको सङ्गमस्थलमा देवघाट पर्छ ।

यो पटक मेलामा लोप हुँदै गइरहेको भानुभक्तिय रामायणलाई सङ्गीतको धुनमा प्रस्तुत गरिने र एक हजार आठ शिवमन्त्रद्वारा होम गरिने प्रतिष्ठानका अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिनुभयो ।

मेलामा खासगरी चितवन, नवलपरासी, रुपन्देही, मकवानपुर, कपिलवस्तु, लमजुङ, तनहुँ, गोरखा, धादिङ, काठमाडाँैलगायतका जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
यहाँ आएर शिवलाई जल चढाए पुण्य हुने र मनोकामना पूरा हुने विश्वास छ । बोलबम बोलबम भन्दै भक्तालु पहेँलो बस्त्र लगाएर खाली खुट्टामा देवघाट आउने गर्दैछन् । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर