Aamsanchar

गाडी बढे, सडक बढेन र दुर्घटना बढ्यो

Author Image
सोमवार, साउन ३, २०७३

(नरेन्द्र ढकाल)

झापा ।

get_img

मेची अञ्चल यातायात कार्यालय झापामा वर्षेनी २० हजार नयाँ सवारी थपिए पनि सडकको अवस्था उस्तै हुदाँ दुर्घटना बढ्दै गएको ट्राफिक प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख ढुण्डीराज गिरीले आमसञ्चार अनलाइनसंग भने–गाडीको संख्या बढे, सडक बढेन र त्यसैले दुर्घटना बढ्यो । झापामा वर्षेनी सवारी दुर्घटनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले दिएको जानकारी अनुसार गत आर्थिक वर्ष २०७२/७३ को एक वर्षको अवधिमा ७९ जनाको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । अघिल्लो आर्थिक वर्ष २०७१र७२ मा ६६ जनाले मात्र ज्यान गुमाएका थिए ।

गत आिर्थक वर्ष ७२/७३ मा ५८ पुरुष, १३ महिला र ८ बालबालिकाको र्दुघटनामा परी मृत्यु भएको थियो भने अघिल्लो आर्थिक वर्षमा ५१ पुरुष १२ महिला र ३ बालबालिकाले अनाहकमा ज्यान गुमाउनु परेको थियो ।  वर्षेनी दुर्घटना बढ्नुको प्रमुख कारण सडक भएको ट्राफिक प्रहरी प्रमुख गिरीले बताए । उनले भने– २०२८ सालमा निमार्ण भएको पूर्वपश्चिम राजमार्ग हालसम्म पनि बढेको छैन तर वर्षिक २० हजारको हाराहारीमा मोरसाइकल मात्रै थपिन्दैछ अन्य सवारीको त कुरै छाडौं ।

दुर्घटनाको प्रमुख कारण भनेको सडक नै भएको उनको भनाई छ । सडकमा अत्याधिक सवारी साधन गुड्ने र सबैलाई छिटो गन्तब्यमा पुग्नु पर्ने भएकाले दुर्घटनाको संख्या समेत बढेको गिरीको भनाई छ । उनका अनुसार गत आर्थिक वर्षमा १९८ वटा सवारी दुर्घटना भएका छन् । अघिल्लो आर्थिक वर्षमा १४४ वटा सवारी दुर्घटनामा परेका थिए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयले अघिल्लो आर्थिक वर्ष भन्दा यो आर्थिक वर्षमा राजश्व संकलन समेत घटेको जनाएको छ । आर्थिक वर्ष २०७१/७२ मा ५० हजार २ वटा सवारीलाई कारबार्ही गर्दा एक करोड ८९ लाख ९२ हजार ८ सय रुपैंया राजश्व संकलन गरेकोमा गत आर्थिक वर्ष २०७२/७३ मा ४२ हजार २ सय ६० वटा सवारीलाई कारबार्ही गर्दा एक करोड ६६ लाख ८१ हजार ३ सय रुपैंया मात्र राजश्व संकलन गर्न सफल भएको प्रमुख गिरीले जानकारी दिए । उनले भने– गत आर्थिक वर्षमा ५ महिना जति बन्द भएका कारण राजश्व संकलन प्रभावित भएको हो । सवारी चाकल समेच सचेत हुनु अर्को कारण पनि भएको उनको भनाई छ ।
नेपालमा महामारीबाट हुने मृत्यु भन्दा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या धेरै रहेको ट्राफिक प्रहरीको तथ्याङकले देखाउने गरेका छन् । सडकको अवस्था उस्तै रहेको तर, राजमार्ग वरपर वाक्लो वस्ती बढेको र सवारी साधनको संख्या पनि ह्वात्तै बढेको कारण दुर्घटना बढेको प्रहरीको भनाई छ ।

गाडीको बढ्दो संख्याका साथै सडक छेउमै वस्ती विकास भएको र चालकले लापरवाही गर्दा दुर्घटना बढेको उनको भनाई थियो । मृत्यु जस्तो दुखद घटना एकातिर, अर्कोतिर दुर्घटनामा घाइते र अपाङ्ग हुनेले जीवनभर भोग्ने कष्ट त्यत्तिकै दुखद रहेको गिरीको भनाई छ ।
यसैबीच झापामा हुने सवारी दुर्घटना मध्ये ५० प्रतिशत भन्दा बढी मोटर  साइकलका कारण हुने गरेको छ । जिल्ला ट्राफिक  प्रहरी कार्यालयका प्रमुख गिरीले मादक पदार्थ सेवन गरी मोटर साइकल चलाउने, सवारी नियम पालना नगर्ने, सडकमा तिब्र गतिमा मोटर साइकल संचालन सवारी दुर्घटनाका प्रमुख कारणभएको बताए ।

यसैबीच ट्राफिक प्रहरीले विभिन्न सचेतना मुलक कार्यक्रमहरु समेत तिब्र रुपमा अगाडी बढाएको प्रमुख गिरीले बताए । उनका अनुसार सिटि सफारी चालकहरुलाई प्रशिक्षण, रेडक्रससंग साता ब्यापी रुपमा ट्राफिक जनचेतना, विभिन्न विद्यालयमा आयोजना गरिएको ट्राफिक नियम सम्बन्धि जानकारी, सवारी चालकहरुलाई प्रशिक्षणहरु रहेका छन् ।

प्रमुख गिरीका अनुसार झापामा ट्राफिक प्रहरीले चेकजाँचलाई समेत तिब्र बनाएको जानकारी दिए । उनले भने– हामी संधैं एउटै समय र एकै स्थानमा मात्र बस्दैनौं । हामी जुन सुकै समयमा जुन सुकै स्थानमा चेकिङमा हुन्छौं त्यसैले मापसे गरेर सवारी सञ्चालन गर्नेको संख्या घटेको छ । यसले पछिल्लो समय दुर्घटनाको संख्या पनि घटेको छ । सवारी दुर्घटना बिहान र साँझको समयमा बढी हुने गरेको गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर