Aamsanchar

नेपालको लगातार चौथो जित

Author Image
सोमवार, साउन ३, २०७३
झापा ।
uk-2
ब्याटिङ र बलिङमा उल्लेख्य सुधार देखाएको नेपाली राष्ट्रिय टोलीले बेलायतमा जितको श्रृखंलालाई निरन्तरता दिएको छ ।
लगातार चौथो जित निकाल्ने क्रममा नेपाली राष्ट्रिय टोलीले स्थानिय ईष्टब्रोम क्रिकेट क्लबलाई १ सय ८१ रनको फराकिलो अन्तरले पराजित गर्‍यो । जितका लागी ३ सय १ रनको उच्च चुनौती पच्छ्याएको ईष्टब्रोमलाई नेपाली बलरले गएराती ३४ दशमलब ३ ओभरमा १ सय १९ रनमा समेटे ।
नेपाली बलरको कसिलो बलिङका सामु उसका ३ ब्याट्सम्यानले मात्र दोहोरो अंक छुन सके । उसलाई कम स्कोरमा समेट्न सोमपाल कामीले ३ तथा बसन्त रेग्मी र सागर पुनले समान २ विकेट लिए । बिक्रम शोब र शक्ति गौचनको नाममा एक एक विकेट रह्यो । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय रनको उच्च योगफल तयार पारेको थियो ।
ओपनर सुबास खकुरेललाई ६ रनमा गुमाएपनि त्यसपछिका चारै ब्याट्सम्यानले अर्धशतक प्रहार गरेका थिए । नेपालले निर्धारित ओभरमा ३ विकेट गुमाएर ३ सय रनको योगफल तयार पारेको थियो । नेपालका लागी अनिल मण्डलले ७३ र शरद भेषवाकरले ६० रन बनाए । बिष्फोटक ब्याटिङ गरेका बिनोद भण्डारी ७७ र राजु रिजाल ६० रनमा नटआउट रहे।
५३ वलको सामना गरेका भण्डारीले १२ चौका र ६७ बलको सामना गरेका रिजालले ५ चौका हाने । नेदरल्याण्ड्स बिरुद्धको वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपको तयारीमा रहेको नेपाली टोलीले आजबाट लर्डसमा आन्तरिक अभ्यास सुरु गर्नेछ । बेलायत भ्रमणको अन्तिम अभ्यासमा नेपाली टोलीले भोली सोहि मैदानमा चर्चित मेरि लेवोन क्रिकेट क्लब एमसीसीसंग अभ्यास खेल खेल्नेछ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर