Aamsanchar

संघीय गठवन्धनले आन्दोलन लम्ब्यायो

Author Image
सोमवार, साउन ३, २०७३
काठमाण्डौं ।
madheshi-morcha
मधेशी मोर्चा र आदिवासी दल आवद्ध संघीय गठवन्धनले आफ्ना मागका सम्वन्धमा मुलुकका विभिन्न १० शहरमा अन्तरक्रिया गर्ने भएको छ ।
नयाँ सरकारमा कंग्रेस माओवादी गठवन्धनलाई सहयोग गर्ने र अविश्वासको प्रस्तावमा सहभागिता जनाउने निर्णय गरेको गठवन्धनले मोर्चाको ११ र गठवन्धनको २६ वुँदे मागका सम्वन्धमा जनसमर्थन जुटाउन मुलुकका विभिन्न स्थानमा अन्तरक्रिया गर्ने जनाएको हो ।
काठमाडौंमा आगामी ५ गते अन्तरक्रिया मार्फत शुरु हुने कार्यक्रम घनगढी, दाङ, वुटवल, हेटौंडा, चन्द्रनिगाहपुर, बर्दिबास, इटहरी, विर्तामोड हुदै विराटनगरमा पुगेर समापन हुने गठवन्धनले जनाएको छ । बर्तमान राजनीतिक अबस्था र देशको निकास बिषयमा मुख्य मुख्य शहरमा आगामी २८ गतेसम्म अन्तरक्रिया गर्ने निर्णय भएको संघीय समाजबादी फोरमका वरिष्ठ नेता अशोक राईले जानकारी दिनुभयो ।
राजधानीको तिनकुनेस्थित फोरमको कार्यलयमा बसेको वैठकले रिले अनसन लगायत यसअघी गरिएका राजधानी केन्द्रीत आन्दोलनको समिक्षा गरेको थियो । नयाँ सरकारलाई समर्थन भएपनि सरकारमा भने नजाने गठवन्धनले निर्णय गरिसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 142

प्रतिक्रिया (०)

सम्बन्धित खबर