Aamsanchar

रक्सी खान नेपाल आएका भारतीयले असई कुटे

Author Image
मङ्गलवार, साउन ४, २०७३

४ साउन । बारको बेलदारीस्थित प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक जुगेश्वर यादवलाई रक्सी खान नेपाल आएका भारतीयहरुले कुटपिट गरेका छन् ।

download (1)बाराको सीमावर्ती भारतीय गाउँ कोइलगाँवाबाट रक्सी आन आएका भारतीयहरुले प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका आजको अन्नपूर्णमा समाचार छ ।

बाराको बेलदारीमा रहेको भट्टीमा रक्सी सेवन गरेर आइतबार बेलुकी घर फर्किँदै गरेका भरतीयहरुले गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक यादवलाई कुटपिट गरेका हुन् ।

स्थानीय भट्टीमा रक्सी सेवन गरेपछि होहल्ला गरेका आठजना भारतीयलाई प्रहरीले सोधपुछ गरेपछि विवाद भएको थियो ।
विवादका क्रममा भनाभन भएपछि भारतीयले यादवलाई कुटपिट गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर