Aamsanchar

ट्रकको ठक्करबाट महिलाको मृत्यु

Author Image
मङ्गलवार, साउन ४, २०७३

उर्लाबारी (मोरङ) ।

मोरङ र झापाको सिमानास्थित मावा पुलमा ट्रकको ठक्करबाट आज बिहान प्रभातकालीन भ्रमण (मर्निङ वाक) मा हिँड्ने एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन् ।

बिहान ४ः४५ बजेतिर मर्निङ वाकका क्रममा झापाको दमकबाट मोरङको उर्लाबारीतर्फ आउँदै गरेकी दमक–८ मा बस्दै आएकी ३७ वर्षीया जसु तामाङको मृत्यु भएको हो ।

ट्रकको ठक्करबाट उर्लाबारी–३ का ३१ वर्षीय भूपेश राई गम्भीर घाइते भएका छन् । उनको उर्लाबारीस्थित अरनिको हस्पिटलमा उपचार भइरहेको छ ।

धरानबाट काँकडभिट्टातर्फ जाँदै गरेको को १ ख ३५७० नम्बरको ट्रकले उनीहरुलाई ठक्कर दिएको हो । ठक्कर दिने ट्रक र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 151

प्रतिक्रिया (०)

सम्बन्धित खबर