Aamsanchar

बजेट त्यही,काम धेरै {दुर्गापुर–दानावारी सडक कालोपत्रे}

Author Image
मङ्गलवार, साउन ४, २०७३

 

durgapur danabari

दुर्गापुर।

दुर्गापुर–दानावारी मार्गमा ८२० मिटर कालोपत्रे गर्ने कार्य सम्पन्न भएको छ ।
दुर्गापुरबाट विमल चौतारासम्म कालोपत्रे सम्पन्न भई सोमवार कनकाई नगरपालिकाका कार्यकारी अधिकृत खगेन्द्र गिरीले रीवन काटेर सडकको उद्घाटन गरे । बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष राजेन्द्रकुमार पोखरेलको अध्यक्षतामा भएको उद्घाटन समारोहमा कनकाई नगरपालिका र स्थानीय उपभोक्ताको आधा–आधा गरी ३९ लाख ८८ हजार रुपैयााको लागतमा सडक कालोपत्रे गरिएको अध्यक्षले जानकारी दिए ।2
६ सय ४० मिटर मात्र कालोपत्रे गरिने सम्झौता भए पनि सोही बजेटबाट उपभोक्ताको सक्रियतामा थप १८० मिटर सडक कालोपत्रे गरिएको बताइएको छ । कालोपत्रे सडकको चौडा ५ मिटर रहेको छ । नगरपालिकासागको साझेदारीमा कालोपत्रे सम्पन्न गर्ने पहिलो उपभोक्ता समिति पनि दुर्गापुर–दानावारी कै रहेको बताइएको छ ।
पोखरेल अध्यक्ष रहेको उपभोक्ता समितिमा उपाध्यक्ष सूर्यकुमार थापा, सचिव सुशीलकुमार पोखरेल, कोषाध्यक्ष सीता पोखरेल, सदस्यहरु कमला विक, शम्भु खड्का, मातृका पोखरेल, हरि राउत र मैया श्रेष्ठ रहेका छन् । उक्त कालोपत्रेबाट ५ सय घरपरिवार प्रत्यक्ष लाभान्वित हुने बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर