Aamsanchar

एक ट्राफिक प्रहरीको भागमा १०७१ गाडी

Author Image
बुधवार, साउन ५, २०७३

नरेन्द्र ढकाल
(झापा)

Delhi-traffic-1449404771

 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा कार्यारत एक जना ट्राफिक प्रहरीको भागमा एक हजार ७१ दशमलव ४२ वटा सवारी हेनुपर्ने बाध्यता रहेको छ ।

मेची अञ्चल यातायात कार्यालयमा दर्ताभएका सवारी मध्ये करिब ६० हजार सवारी झापामा गुडने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख ढुण्डीरा गिरीले जानकारी दिए । उनले भने– ट्राफिक प्रहरीमा जम्म दरबन्दी ४१ जनाको मात्र पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयबाट थप १५ जना ट्राफिक प्रहरीलाई काजमा ल्याएर झापामा ट्राफिक ब्यवस्थापनमा खटाइएको उनको भनाई छ ।
५६ जना ट्राफिक प्रहरीले ६० हजार सवारी हेर्नुपर्दा ज्यादै गाह्रो भएको गिरीको भनाई छ । उनले पूर्वपश्चिम राजमार्गको मात्र सवारी हेर्नेलाई पनि यत्रि ट्राफिक प्रहरीले नपुग्ने बताए । झापाको तीन स्थानमा दरबन्दी भएपनि ११ स्थानमा ट्राफिक प्रहरी खटाइएको गिरीको भनाई छ । झापाको विर्तामोड, दमक र चन्द्रगढीमा दरबन्दी भएपनि अन्य स्थानमा समेत एक जनाभएपनि ट्राफिक प्रहरी राखेर सवारी दुर्घटना न्यूनीकरण गर्न आफुहरु लागी रहेको बताए ।

झापामा सवारी दुर्घटना बढ्नुमा सडक र सवारी चालदकको लापरबार्ही भएको भन्दै ट्राफिकको ध्यान राजश्व संकलनमा नभई दुर्घटना न्यूनीकरणमा भएको उल्लेख गरे । उनले आमसंञ्चार अनलाइनसंग कुरा गर्दै भने– मोटरसाइकल धेरै दुर्घटनामा पर्ने गरेका छन् । मोटरसाइकल चालकले आफ्नो टाँउको जोगाउन नभई ट्राफिक प्रहरीलाई देखाउन मात्र हेल्मेट लगाउने गरेको छन् ।

हरेक वर्ष सडकमा दुर्घटनाबाट अकालमा ज्यान जाने नेपालीको संख्या बढ्दै गइरहेको ट्राफिक प्रहरीको तथ्याङ्कले पनि उक्त कुराको पुष्टि गरेको छ । अधिकांश दुर्घटना सडक र सवारी चालकको लारबार्हीका कारण हुने गरेको जिल्ल ट्राफिक प्रहरी कार्यालयका प्रमुख गिरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष २०७३ ७४ को ४ दिनको अवधिमा ५ वटा सवारी दुर्घटनामा ३ जनाको मृत्यु भइसकेको छ । आर्थिक वर्षको सुरुवातमा नै दुर्घटना बढेपछि प्रहरीले सवारी चालकलाई सम्यभएर सवारी सञ्चालन गर्न आग्रह गरेको छ ।

सडक प्रयोगकर्ताले हतार गर्दा दुर्घटना बढेका बताइएको छ ।  नेपालमा सडक संरचना, चालकको लापरबाही, ट्राफिक नियमको पालना नगर्नु, मानवीय चेतना, सवारी साधनको अवस्था, विद्यमान कानुनको पालना लगायतका विविध कारणले सडक दुर्घटना बढेको जानकारहरु बाताउँछन् ।
यसैबीच ट्रनफिक प्रहरी प्रमुख गिरीले रातो प्लेटका सवारी साधनहरुले यात्रु ओर्सान नपाउने बताएका छन् । नीजि प्रयोजनका लागी सवारी खरिद गरेर भाडामा लगाउन नपाउने भन्दै उनले यात्रु ओसार्नेभए कालो प्लेट बनाउनुपर्ने धारणा ब्यक्त गरे । नीजि सवारीका चालकहरुले यात्रुहरुलाई ओसार्ने गरेको जनगुनासो बढेकाले छिट्टै उक्त विषयमा ठोस निर्णय लिने गिरीको भनाई छ ।

त्यस्तथै गिरीले पूर्वपश्चिम रनजमार्ग अन्र्तगत झापाको विर्तामोड स्थित अदुवा खोलामा पुलको निर्माण गर्ने र उक्त स्थानमा पैदल तथा साइकल यात्रीको चापलाई घटाउने जानकारी दिए । पुल साँघुरो हुदाँ उक्त स्थानमा दुर्घटनाको जोखिम बढेको उनको भनाई छ ।

झापाका अधिकांश स्थान दुर्घटनाको जोखिममा रहेकाले सबै ठाँउमा ट्राफिक प्रहरीले निगरानी गरिहेको भन्दै अब झापामा पनि सञ्चालन हुने सार्वजानिक सवारीमा टाइम कार्डको प्रयोग गर्न लागिएको बताए । उनले सवारी साधनको अस्वस्थ्य प्रस्पिर्धाले गर्दा दुर्घटना बढेको पनि बताए । यात्रु उठाउने होडमा सवारी चालकहरुले ओभर ट्याग गरेर सवारी सञ्चालन गर्दा दुर्घटना बढेको ट्राफिक प्रहरीको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 169

प्रतिक्रिया (०)

सम्बन्धित खबर