Aamsanchar

पर्यटक आगमनमा कमी /राजश्व घट्यो

Author Image
बुधवार, साउन ५, २०७३

झापा।

सव

विनासकारी भूकम्प, राजनीतिक अस्थिरता, नाकाबन्दी र मधेस आन्दोलन लगायतका कारण  पूर्वी नाकाबाट गत वर्ष पर्यटक आगमनमा कमी आएसंगैं राजश्व संकलन समेत प्रभावित भएको छ ।

गत तीन वर्षको तथ्याङ्कलाई आधार मान्दा पूर्वी नाका कांकरभिट्टाबाट पैदल यात्रा मार्फत भित्रै पर्यटकमा कमी आएको छ । पर्यटक आगमनमा कमी आएसंगै राजश्व संकलन समेत प्रभावित भएको अध्यागमन कार्यालय कांकरभिट्टाका प्रमुख रामप्रसाद फुँयालले जानकारी दिए ।  उनका अनुसार आर्थिक वर्ष २०७०/७१ मा १० करोड १६ हजार ३ सय ३ रुपैंया राजवंशव संकलन गर्न सफल भएको अध्यागमन कार्यालयले आर्थिक वर्ष २०७१/७२ मा ९६ लाख १३ हजार ६ सय १४ रुपैंया मात्र संकलन गर्न सकेको थियो । त्यस्तै आर्थिक वर्ष २०७२/७३ मा ८४ लाख ४४ हजार १ सय ७३ रुपैंया मात्र राजश्व संकलन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सुरुवातमा नै विनाकारी भूकम्पको सामना गरेको नेपालले त्यसपछि करिब ६ महिना सम्म नाकाबन्दीको पनि सामना गर्नु परेको थियो । राजनीतिक अस्थिरता र प्राकृतिक प्रकोपका कारण नेपालमा पूर्वी नाकाबाट आउने पर्यटकको संख्यामा कमी आएको अध्यागमन कार्यालयले जनाएको छ । सरकारले पर्यटन भित्रियाउने विभिन्न कार्यक्रमहरु ल्याउने गरेपनि उक्त कार्यक्रमहरुले सार्थकता नपाउनु विदेशीलाई नेपाल भ्रमणको जानकारी पु¥याउन नसक्नु, सुरक्षाको प्रत्याभूति दिन नसक्नु, राजनीतिक अस्थिरता लगायतका कारण पर्यटक आगमनमा कमी आएको जानकारहरु बताउँछन् ।

तीन वर्षको अवधिमा पर्यटकको संख्यामा पनि कमी आएको छ । सन् २०१४ मा ९ हजार ९ सय ४९ जना पर्यटक कांकरभिट्टा नाकाबाट भित्रिएका थिए भने सन् २०१५ मा ८ हजार ९ सय २५ जना पर्यटक भित्रएिका थिए त्यस्तै सन् २०१६ को जनवरी १ देखि जुलाई १५ तारिखसम्ममा ३ हजार ६ सय ९४ जना मात्र पर्यटक नेपाल भियित्रएका छन् । सन् २०१५ जुलाई १ देखि २०१६ को जुलाई १५ तारिख अर्थात आर्थिक वर्ष २०७२र७३ मा ७ हजार २ सय ३५ जना पर्यटक नेपाल भित्रिएको प्रमुख फुयाँलले जानकारी दिए ।

गत आर्थिक वर्षको सुरुवातमा नै विनासकारी भूकम्प गएको र त्यसको असर पर्यटन क्षेत्रमा प्रत्यक्ष देखा परेको अध्यागमन कार्याालयका प्रमुख फँयालको भनाई छ ।   पर्यटक आगमनको सिजनमै नेपालमा पर्यटकको आगमन  घटेकाले राजश्व संकलन प्रभावित भएको जनाइएको छ । सरकारले पर्यटन प्रर्वद्धन गर्न विभिन्न योजनाहरु साजर्वजानिक गर्ने गरेपनि त्यसले ठोस रुप पाउन नसक्दा पर्यटकको आगमनमा कमी आएको छ । पूर्वी नाकाबाट बंगलादेशी, चिनीयनँ, दक्षिण कोरिया, अमेरिका लगायतका मुलुकबाट पर्यटक पैदल मार्ग हुदै आउने गरेका थिए । विशेष गरेर भारतको सिक्किमको भ्रमणमा आएका पर्यटकहरु नेपालको सौर्दय देखि प्रभावित भएर उनीहरु यस नाकाबाट नेपाल भित्रने गरेको पर्यटन कार्यालयका प्रमुख फुँललले बताए ।

पूर्वी नाकाबट भित्रने पर्यटकहरु विशेष गरि ताप्लेजुङ्को कञ्चनजंघा, इलामको कन्याम लगायतका स्थानमा घुम्न जाने गरेका छन् भने यही मार्गको प्रयोग गरेर चितवन, पोखरा, काठमाण्डौं लगायतका स्थानमा पनि पुग्ने गरेको पाइएको छ । पर्यटक आगमनको कमीले राजश्व संकलन प्रभावित भएसंगै ब्यवार ब्यवसायमा समेत कमी आएको जनाइएको छ ।

विदेशी पर्यटकहरुको रोजाईका होटलहरुमा पर्ने कांकरभिट्टाका होटलहरुमा पर्यटकहरु कमै मात्र बस्न आउने गरेको ब्यवसायीहरुले बताएका छन् । नाकाबनदी पछि पर्यटकको आगमनमा केही सुधार आएपछि उल्लेख्य सुधार हुन नसकेको अध्यामगमन कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर