Aamsanchar

भाइरल ज्वरोका बिरामी बढे

Author Image
बिहिवार, साउन ६, २०७३

बैतडी–

image.php

मौसम परिवर्तन भएसँगै बैतडीमा भाइरल ज्वरोका बिरामीहरुको संखया बढ्दै गएको छ । जिल्ला अस्पताल र पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा बिरामीको संख्या बढेको हो ।

 

पाटन नगरपालिकामा भाइरल ज्वरोका बिरामीको सङ्ख्या गएको एक हप्तायता प्राथमिक स्वास्थ्यकेन्द्र पाटनमा उपचारका लागि आउने बिरामीमध्ये ५० प्रतिशत भाइरल ज्वरोका बिरामी आउने गरेको डा शशी कँडेलले जानकारी दिए ।

 

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा अहिले दैनिक ६० भन्दा बढी बिरामी आउने गरेको र तीमध्ये ३० भन्दा बढीमा भाइरल ज्वरो देखापरेको छ, उनले भने, ‘मौसम परिवर्तन भएसँंगै भाइरल ज्वरोका बिरामीको संख्या बढेको हो ।’

 

पाटन नगरपालिका र आसपासका गाविसका बिरामीहरु पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि आउने गरेको उनले भने । यस्तै, जिल्ला अस्पताल बैतडीमा पनि मौसम परिवर्तनसँगै भाइरल ज्वरोका बिरामीको संख्यामा वृद्धि भएको जनाइएको छ । विगतको भन्दा ज्वरोका बिरामीहरु बढेको अस्पतालका डा बिदुर भण्डारीले जानकारी दिए ।

 

भाइरल ज्वरो भएका बिरामीहरुले प्रशस्त मात्रा पानी पिउनुपर्ने, आराम गर्नुपर्ने, झोलिलो खानेकुराहरु खानुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर