Aamsanchar

सहमतिको सरकारका लागि आव्हान हुने संकेत

Author Image
आइतवार, साउन ९, २०७३

 काठमाडौं :

Bidhya-Devi-Bhandari

एमाले संसद्मा प्रधानमन्त्री केपी ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित भएपछि राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने संकेत एमालेका एक शीर्ष नेताले दिएका छन् ।

अविश्वास प्रस्तावको छलफलमा बोल्दै एमालेका पूर्वअध्यक्ष तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले यस्तो संकेत गरेका हुन् । अविश्वास प्रस्ताव पारित भएपछि प्रधानमन्त्री स्वतः पदमुक्ति हुने र राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि आव्हान हुने बताउँदै उनले भने, ‘राष्ट्रपतिबाट राष्ट्रिय सहमतिको सरकारका लागि हुने आव्हान हाम्रा लागि महत्वपूर्ण अवसर हो । त्यसमा हामी फेरि एक ठाउँमा बसेर छलफल गरौं । सकिन्छ भने राष्ट्रिय सहमतिको सरकार गठन गरौं ।’

संक्रमणकालीन अवस्थामा सरकार निर्माणका लागि राष्ट्रपतिबाट आव्हान हुने संवैधानिक प्रावधान नरहेको भन्दै कांग्रेस र एमाओवादीले सभामुखबाटै सरकार गठनका लागि प्रक्रिया अघि बढाउने तयारीमा रहेका बेला खनालले संसद्‌मा यस्तो अभिव्यक्ति दिएका छन् । सरकार गठनका लागि भूमिका निर्वाह गर्न राष्ट्रपति सक्रिय हुनसक्ने संकेत यो अभिव्यक्तिले दिएको छ ।
राष्ट्रिय सहमतिको सरकार बनेमा संविधान कार्यान्वयनको आगामी यात्रा सहज हुने बताउँदै भने, ‘संविधानको सफल कार्यान्वयनका लागि हामी मिल्नुको विकल्प छैन । बहुमत हुनेले सरकार बनाउनु संसदीय अभ्यासमा सामान्य र स्वभाविक प्रक्रिया भएको बताएका छन् खनालले भने, संसदीय प्रक्रियामा बहुमत हुनेले सरकार बनाउँछ।’

उनले अविश्वास प्रस्ताव आउनुलाई अनौठो घटनाको रुपमा एलालेले नलिएको बताउँदै भने, ‘यो प्रस्ताव ल्याउन आवश्यक थिएन । अब आइसक्यो । यसलाई हामीले अन्यथा लिएका छैनौं । तर हामीलाई चिन्ता के छ भने यो अविश्वास प्रस्तावसँगै दलहरुबीचको अविश्वासको खाडल पनि गहिरिएर नजाओस् । किनभने यसले संविधान कार्यान्वयनसमेत अप्ठ्यारोमा पर्नसक्छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 176

प्रतिक्रिया (०)

सम्बन्धित खबर