Aamsanchar

नौ दिनदेखि हवाई उडान बन्द

Author Image
सोमवार, साउन १०, २०७३

भोजपुरः

download

कुहिरोका कारण भोजपुरमा लगातार नौ दिनदेखि हावई उडान बन्द भएको छ । लगातार वर्षातसँगै कुहिरो लागेपछि भोजपुरमा हवाई उडान बन्द भएको हो ।

वर्षातसँगै हवाई मैदानमा ९ दिनदेखि बाक्लो कुहिरो लागिरहेको छ । त्य नौ दिनदेखि हवाई उडान बन्द हुदाँ सर्वसाधारण सास्तीमा परेका छन् ।

मौसममा खराबीका कारण गत असारमा  नेपाल वायुसेवा निगमका नियमित उडान हुन सकेनन् । निगमको भोजपुर–काठमाडाौ १९ उडान हुनुपर्नेमा १४ उडान मात्र भएका थियो । त्यस्तै भोजपुर–विराटनगर १४ उडान हुनुपर्नेमा आठ उडान मात्र भएका थिए ।

असारमा सामान्य उडान भए पनि साउन महिना शुरु भएदेखि कुनै उडान हुन नसकेको  भोजपुर विमानस्थलका वरिष्ठ अधिकृत विशाल वरुणले जानकारी दिए।

उडान रद्ध भएसँगै जिल्ला अस्पताल भोजपुरले उपचारका लागि काठमाडौँ पठाएका बिरामी सदरमुकाममै रोकिन वाध्य भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 127

प्रतिक्रिया (०)