Aamsanchar

हत्यारा पत्ता लगाउन मौन ¥याली

Author Image
सोमवार, साउन १०, २०७३

बुधबारे ।

download (1)
झापा शान्तिनगर १ कामीटारकी ११ वर्षिया तनुजा कोइरालाको हत्यारालाई यथासक्य छिटो सार्वजनिक गर्दै कानुनी दायरामा ल्याउन माग गर्दै आज मौन ¥याली निकालिएको छ । शान्तिनगर १ पिपल चोकबाट निस्किएको ¥याली मृतक कोइरालाको घरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत भएको थियो ।
¥यालीमा तनुजा अध्ययनरत् ब्राइट पm्युचर बोडिङ स्कूल, मुनामदन एकाडेमी, मावि वर्ने, सनराइज वोडिङ स्कुल, स्वर्णिम वाल क्लव शान्तिनगर, बुढा सुब्बा आमा समूहका प्रतिनिधी, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।
मौन ¥यालीमा वाल अधिकारका विषयमा लेखिएका प्लेकार्ड तथा तनुजा कोइरालाको तस्वीर बोकेर प्रशासनलाई घटना बारे यथार्थ चा“डो सार्वजनिक गर्न दवाव दिइएको थियो ।
¥याली पछि भएको श्रद्धाञ्जली सभालाई स्वर्णिम वाल क्लवका विदुर दाहाल र सुमन राईले संयुक्त रुपमा संचालन गरेका थिए । सो अवसरमा विद्यार्थी अनिल रसाइली, स्थानीय प्रेम तिवारी, ब्राइट फ्ुचर वोडिङ स्कुलका प्रिन्सिपल गुणाराज अर्याल, पत्रकार तथा शिक्षक केसी श्रेष्ठ लगायतले तनुजा हत्या प्रकरणमा संग्लनलाई चा“डो भन्दा चा“डो कानुनी कठघरामा उभ्याउन प्रशासनस“ग माग गरेका छन् । ¥यालीमा २ सय बढीको सहभागिता रहेको थियो ।
मावल आएका वेला झापाको बुधबारेमा तनुजाको गत बुधबार विभत्स तरिकाले हत्या भएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर