Aamsanchar

मिस पूर्व आइकन २०१६को आयोजना तयारी

Author Image
सोमवार, साउन १०, २०७३

बिर्तामोड।

purba copy

पोजेटिभ मिडिया इभेन्टको आयोजनामा मिस पूर्व आइकन २०१६को आयोजना तयारी गरिएको छ । पूर्वाञ्चलमा रहेका १६ बर्षदेखि २५ बर्षसम्मका किशोरीहरुको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको सोमवार बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

झापामा पहिलोपटक यस प्रकारको कार्यक्रम आयोजना गरिएको र यस कार्यक्रमले किशोरीहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्दै उनीहरुको अन्तरनिहीत क्षमता प्रस्फुटित हुने पोजेटिभ मिडिया इभेन्टका चेतन अधिकारीले बताए ।  कार्यक्रम अन्तर्गत आगामी साउन १७ गते बिर्तामोडमा प्रतियोगिताको पहिलो अडिसन गरिने त्यसपछि धरान, इटहरी, दमक र इलाममा समेत अडिसन गरिने बताइएको छ ।

अडिसनमा मोडल सुशील नेपाल, नायिका सुष्मा अधिकारी र रोमी खड्गी निर्णायकको रुपमा रहने पोजेटिभ मिडिया इभेन्टका गोपाल पोखरेलले जानकारी दिए । विभिन्न स्थानमा भएका अडिसनबाट छानिएका प्रतियोगीहरुलाई २० दिनको बन्द प्रशिक्षणमा राखिने र बन्द प्रशिक्षणमा विभिन्न व्यक्तित्वबाट तालिम समेत प्रदान गरिने बताइएको छ ।  कार्यक्रममा प्रतियोगीले अडिसन शुल्क बाहेक अन्य शुल्क तिर्नु नपर्ने बताउँदै पोजेटिभ मिडिया इभेन्टका अधिकारीले यस कार्यक्रममा आर्थिक पक्षलाई महत्व नदिएर प्रतिभाको उचित सम्मान गरिने बताए ।
उक्त प्रतियोगितामा विजेता मिस पूर्व आइकनले भेस्पा स्कुटर पुरस्कारको रुपमा प्राप्त गर्ने र फस्ट रनरअपले नगद ५० हजार र सेकेण्ड रनरअपले नगद ३० हजारसहित विभिन्न पुरस्कार प्राप्त गर्ने कार्यक्रममा जानकारी दिइयो ।  प्रतियोगिता सम्पन्न गर्न गोपाल पोखरेल, चेतन अधिकारी, समिर मोदी, ऋचा सेढाई, प्रहिल कार्की र स्मृति ओली रहेको समिति समेत गठन गरिएको बताइएको छ । पोजेटिभ मिडिया इभेन्टले यसअघि झापामा नवीन के भट्टराई, सुगम पोखरेल, अनिल सिंह, सञ्जीव सिंह, ग्रिस खतिवडा, रवीन एण्ड द न्यू रिभुलेन्स, मन्त्र व्याण्ड, सवीन राई एण्ड द इलेक्ट्रिक व्याण्ड, अतिरिक्त व्याण्ड, रोहित जंग क्षेत्री, नायिका ऋचा शर्मा, बर्षा राउत, सुशील नेपाल लगायतका राष्ट्रिय कलाकारसहितको विभिन्न सांस्कृतिक कार्यक्रम समेत सम्पन्न गरिसकेको कार्यक्रममा जानकारी दिइयो ।प्रतियोगिताको मिडिया पार्टरको रुपमा रेडियो विराट रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 203

प्रतिक्रिया (०)

सम्बन्धित खबर