Aamsanchar

डा. केसीको अनसन तोडियो

Author Image
सोमवार, साउन १०, २०७३

काठमाडौं,

dr.kc
चिकित्सा शिक्षा र सेवा सुधारको माग गर्दै अनसनरत डा. गोविन्द केसीले आज १६ औं दिनमा अनसन तोड्नुभएको छ ।

 

केसीका प्रतिनीधि र सरकारी पक्षवीच मनमोहन स्वस्थ्य विज्ञान प्रतिष्ठनलाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सले खरिद गर्ने लगायत ४ वुँदे सहमति भएपछि केसीले अपरान्ह २ बजे अनसन तोड्नुभएको हो ।

 

त्रिवि शिक्षण अस्पतालमा उपचाररत बिरामी सरोज नेपाली र छेवाङनोर्गु लामाले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोगका सम्वन्धमा बार्तामा सहमति हुन सकेन ।

 

जनतासंग प्रत्यक्ष जोडिएको विषयमा सरकारी बार्ता टोलीले संसदको क्षेत्राधिकार भित्र पर्ने भन्दै छलफल गर्न नमानेपछि सहमति नभएको वार्तामा सहभागी डा. अन्जन सापकोटाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर