Aamsanchar

डिडिसीद्धारा दूधमा ठगी

Author Image
मङ्गलवार, साउन ११, २०७३

काठमाडौँ ।

DDC-Milk

दुग्ध विकास संस्थान (डिडिसी) बाट उत्पादित दूधको परिमाणमा ठगी भएको फेला परेको छ । नेपाल गुणस्तर तथा नापतौल विभाग क्षेत्रीय कार्यालयले काठमाडौँले नाप जाँच गर्दा आधा लिटर दूधमा ११० मिलिलिटर दूध घटी भएको फेला परेको हो ।

 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ताहित संरक्षण विभागले नेपाल गुणस्तर तथा नापतौल विभागमार्फत क्षेत्रीय कार्यालय बालाजुलाई नापजाँचका लागि चिठी पठाएपछि नाप गर्दा उक्त मिलिलिटर कमी फेला परेको हो ।

 

क्षेत्रीय कार्यालयका प्रमुख शशिभूषण यादवले आधा लिटर दूधमा यतिधेरै मिलिलिटर कमी भएको फेला परेपछि कारबाहीका लागि डिडिसीलाई पत्राचार गरिएको जानकारी दिनुभयो । यस्तो कमी फेला परेपछि क्षेत्रीय कार्यालयले आजै अनुगमन गरिने प्रमुख यादवले बताउनुभयो ।

बढी भाडा लिने ट्याक्सी कारबाहीमा

नेपाल गुणस्तर तथा नापतौल विभागअन्तर्गतको ट्याक्सी ट्याम्पो इकाइले आर्थिक वर्ष २०७२÷०७३ मा २१३ ट्याक्सीलाई कारबाही गरेको हो । इकाइले कल फास्ट, सिल नभएको, डेढगुना भाडा लिएको, मिटर बिगारेर बढी भाडा लिएको भन्दै उक्त ट्याक्सीलाई कारबाही गरेको हो । कारबाही परेका ट्याक्सीमा फास्ट कल गर्ने ७, सिल नभएको ७३, डेढगुना भाडा लिएको ५७ र मिटर बिगारेर बढी भाडा लिएको ७६ रहेका छन् ।

इकाइका प्रमुख विकास ध्वजुले नापतौल ऐन मिचेर ट्याक्सी चलाएको उजुरी इकाइमा परेपछि अनुगमन गर्न जाँदा उक्त ट्याक्सीलाई कारबाही गरेको बताउनुभयो । उहाँले उक्त कारबाहीमा परेका ट्याक्सीबाट रु तीन लाख ११ हजार राजस्वसमेत सङ्कलन गरेको जानकारी दिनुभयो । इकाइले गत वर्ष १२८ सवारी साधनलाई कारबाही गर्दा रु दुई लाख ४४ हजार राजस्व सङ्कलन गरेको थियो ।

 

उहाँले अहिले पनि पाँच ट्राफिक र इकाइका एक जना कर्मचारी ट्याक्सीको अनुगमनमा खटिने गरेको स्पष्ट पार्नुभयो । इकाइले हाल नयाँ ट्याक्सीको दर्ता, नवीकरण, नामसारी र अनुगमन गर्दै आएको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर