Aamsanchar

झापाका अधिकाशं भाग प्रभावित

Author Image
मङ्गलवार, साउन ११, २०७३

झापा ।

Heavy-rainfall
लगातारको बर्षाबाट झापाका अधिकाशं भाग प्रभावित भएको छ । प्रभावित भएका स्थानहरुमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धार कार्यमा लाग्न सबै पक्षलाई जिल्ला विपद ब्यवस्थापन समितिले आग्रह गरेको छ ।
झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा आज बिहान बसेको जिल्ला विपद ब्यवस्थापन समितिको बैठकले सुरक्षित स्थानमा सारिएका प्रभावित जनतालाई खाना, पानी र स्वास्थ्य सम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको बताइएको छ ।
झापामा गत शनिबारबाट लगातार रुपमा बर्षा भइरहेको छ । झापामा हालसम्म ९ सय घरपरिवार विस्थापित भइसकेको नेपाल रेडक्रस सोसाईटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिनुभयो ।
आजपनि झापामा बिहानैबाट बर्षा भइरहेको छ । झापामा मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायतका नदीहरुमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको सभापति ढकालले बताउनुभयो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर