Aamsanchar

मेसीको नयाँ रूप

Author Image
मङ्गलवार, साउन ११, २०७३
झापा ।
timthumb
विश्व फुटबल स्टार आरोन राम्से, सामिर नास्री र फिल जोन्सको मार्गमा लिओनल मेसी पनि देखिएका छन्।
बार्सिलोनाका यी स्टार स्ट्राइकरले आफ्नो कपाल रंगाएको तस्बिर आइतबार उनकी प्रेमिका तथा दुई बच्चाकी आमा आन्टोनेला रोकुजोले सार्वजनिक गरेकी छिन्। मेसीले अहिले मैदानभित्र र बाहिर दुबै ठाउँमा अफ्ठ्यारो स्थितिको सामाना गर्नु परेको छ।  अर्जेन्टिनाका कप्तानसमेत रहेका मेसीले कोपा अमेरिका कपअन्तर्गत चिलीविरूद्धको फाइनल खेलमा पेनाल्टीको अवसर चुकाएका थिए। अर्जेन्टिना पछिल्लो तीन सिजनमा तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनल पुगेर हारेको थियो।
यसका कारण उनले राष्ट्रिय टोलीबाट सन्न्यासको घोषणा गरेका थिए। यस्तै, मैदान बाहिर स्पेनको अदालतले करछलीको मामिलामा मेसी र उनका पितालाई २१ महिनाको जेल सजाय सुनाएको थियो।  तर, उनलाई तत्कालै जेल जानु परेको छैन। स्पेनिस लिगको नयाँ सत्र सुरू हुनु अगाडि अहिले उनी छुट्टीमा निकै व्यस्त छन्। मेसीको कपाल बनाउने हजाम एरियल बर्मुडेजका अनुसार मेसीकै अनुरोधमा उनले खैरो बनाएको कपाल इन्स्टाग्राममार्फत सार्वजनिक गरेका हुन्। एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 185

प्रतिक्रिया (०)

सम्बन्धित खबर