Aamsanchar

सुशासनको बैठकमा गएनन् लोकमान

Author Image
मङ्गलवार, साउन ११, २०७३

काठमाडौं ।1465736181Lokman

व्यवस्थापिका संसद्को सुशासन तथा अनुगमन समितिले छलफलका लागि बोलाएकोमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की अनुपस्थित भएका छन् ।

स्वास्थ्य समस्या भएको भन्दै कार्की समितिको बैठकमा अनुपस्थित भएका हुन् । अख्तियारका प्रमुख आयुक्त कार्कीले समितिलाई पत्र पठाएर आफ्नो घाँटीमा समस्या देखिएको र डाक्टरले एक हप्तासम्म बोल्न नहुने भनेकाले आफू उपस्थित हुन नसक्ने जानकारी गराएको समितिले जनाएको छ ।

काठमाडौं विश्वविद्यालयको एमबीबीएस र एमडीको प्रवेश परीक्षामा अख्तियारले गरेको हस्तक्षेपबारे छलफल गर्न समितिले कार्कीलाई बोलाएको थियो । प्रमुख आयुक्त कार्की उपस्थित नभए पनि आयोगका कर्मचारीहरु भने समितिको बैठकमा पुगेका छन् ।

अख्तियारको तर्फबाट बैठकमा शान्तराज सुवेदी, वेगेन्द्रराज शर्मा, कानुनविद् भानुभक्त पोखरेल, प्रवक्ता कृष्णहरि पुष्करलगायत कर्मचारी उपस्थित भएका छन् । समितिले यसअघि काठमाडौं विश्वविद्यालयका पदाधिकारीहरुसँग छलफल गरेको थियो ।

 

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर