Aamsanchar

बर्षाका कारण झापामा ५ जनाको मृत्यु एक घाइते र एक वेपत्ता

Author Image
मङ्गलवार, साउन ११, २०७३

झापा ।

images

शनिवारदेखि लगातार परेको बर्षाका कारण झापामा ५ जनाको मृत्यु भएको छ भने एक घाइते र एक वेपक्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा गरामनी– २ डाँडागाउँ निवासी ३४ वर्षीय लुखीराम सोरेन,तोपगाछी–८ क्याम्पा वजार निवासी विशाल भूजेलका २ वर्षीय छोरा मनिष भूजेल,धुलावारी घर भई गौरादह बस्तै आएका अनुज न्यौपाने, गोलधाप –८ निवासी ६४ वर्षीय कालीवहादुर लिम्बू,र गौरादह –५ निवासी ३५ वर्षीय टेकेन्द्र खड्का रहेका छन् ।

त्यस्तै गौरीगञ्ज ५ का ११ वर्षीय दीपेश गिरी घाइते भएका छन् । घर नजिकैको खोला हेर्न गएका उनी खोला बढेर आएपछि भाग्ने क्रममा कल्भटबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ । उता माई खोलामा आएको वाढीले बगाएर भारत घर भई हाल कुमरखोद ४ बस्तै आएका १८ वर्षीय कालू भनिने बाबुलाल मण्डीलाई बगाएर वेपत्ता बनाएको प्रहरीले जनाएको छ । उनको खोजीकार्य जारी राखिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक हरिप्रसद शर्माले बताउनुभयो ।

लगातार आएको वर्षका कारण जिल्लाका दुई हजार २ सय ८३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापामा अझैंपनि ६६९ घर डुवानमा रहेको बताइएको छ । वाढीका कारण अधिकांश ठाउँ प्रभावित भएपछि जिल्ला विपद् ब्यवस्थापन समितिले सवैलाई सचेत रहन आग्रह गरेको छ ।

प्रभावित भएका स्थानहरुमा जोखिममा परेका जनसमुदायलाई तत्काल राहत उद्धार कार्यमा लाग्न सबै पक्षलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी मदन भूजेलले बताउनुभयो । आज मात्रै प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा जिल्ला विपद् ब्यवस्थापन समितिको बैठक बसी सवैलाई सुरक्षित स्थानमा राख्न र प्रभावितलाई खाना, पानी र स्वास्थ्य सम्बन्धी हेरचाह गर्न कुनै कसर बाँकी नराख्ने निर्णय गरेको बताइएको छ ।

आजपनि झापामा बिहानैबाट बर्षा भइरहेको छ । झापामा मेची, निन्दा, विरिङ, कनकाई, रतुवा लगायतका नदीहरुमा पानीको सतह उच्च रहेकाले सचेत रहन सबैलाई आग्रह गरिएको नेपाल रेडक्रश सोसाइटी झापाका सभापति लोकराज ढकालले बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर