Aamsanchar

बि एण्ड सि हस्पिटललाई तीन यस शैयाको अनुमति

Author Image
मङ्गलवार, साउन ११, २०७३

झापा,

bnc
झापाको विर्तामोडमा रहेको बि एण्ड सि टिचिङ्ग हस्पिटलले ३ सय शैयाको अस्पताल सञ्चालन गर्न अनुमति पाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक दुर्गाप्रसाद प्रसाईले आज पत्रकार सम्मेलन मार्फत उक्त कुराको जानकारी गराएका हुन् । स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखाबाट २०७३ जेठ २४ गते अस्पतालको सम्पूर्ण पूर्वाधार एवं सेवाहरुको गुणस्तरीयता सम्बन्धि अनुगमन तथा निरिक्षण कार्य सम्पन्न गरी मन्त्री स्तरीय निर्णय अनुसार साउन ६ गते वि एण्ड सि हस्पिटललाई स्वास्थ्य संस्था सञ्चालन तथा स्तरोन्नती मापदण्ड सम्बन्धि निर्देशीका अनुसार स्विकृती दिएको निर्देशक प्रसाईले जानकारी दिएका छन् ।
आधुनिक प्रविधियुक्त प्याथाृलोजि, ल्याब,रेडियोलोजी, विभाग, अपरेसन थिएटर तथा अन्य विभागहरुमा अत्याधुनिक मेसिनहरुको साथमा अन्भवी तथा दक्ष चिकित्सकहरुको साथमा सेवा प्रदान गर्दै आएको अस्पतालले जनाएको छ ।
पूर्वको ठूलो अस्पतालको रुपमा रहेको बि एण्ड सि हस्पिटलमा मेची अञ्चलका झापा सहित इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लाबाट बिरामीहरु आउने गरेको बताइएको छ । बि एण्ड सि हस्पिटलको स्थापना पनि अधिकांश बिरामीहरुले भारतको सिलिगुडि लगायतका स्थानमा धाउनु पर्ने बाध्यता हटेको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर