Aamsanchar

तालको ब्यवस्थापन गरिने

Author Image
बुधवार, साउन १२, २०७३

पोखरा ।

images (1)

रामसारमा सूचीकृत पोखरा उपत्यकाका तालको व्यवस्थापन योजना तयार गरिने भएको छ ।

तालको व्यवस्थापन योजना तर्जुमा विषयमा जिविसद्वारा आज यहाँ आयोजित छलफल कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक डा महेश्वर ढकालले रामसारमा सूचीकृत भएसँगै पोखराका तालको अन्तर्राष्ट्रियकरण भएको बताउनुभयो ।

पर्यटन, पर्यावरण लगायतका विषयसँग प्रत्यक्ष जोडिएका पोखराका तालको संरक्षण र विकासका लागि व्यवस्थापन योजना तयार गर्न लागिएको हो । हरियो वन कार्यक्रमअन्तर्गत संरक्षण विकास फाउन्डेसनले योजना तयार गर्न लागेको फाउन्डेसनका अध्यक्ष शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । योजना तयार गर्दा सरोकारवाला निकाय तथा संस्थाको अघिकतम सहभागिता गराइने उहाँको भनाइ छ ।

प्रत्येक ताललाई सङ्कट पार्ने विषयको पहिचान गरी तिनीहरूको दीर्घकालीन संरक्षण र विकासमा सहयोग पुग्ने तवरबाट योजना निर्माण गरिने छ । आगामी सेप्टेम्बरको अन्तिमसम्ममा व्यवस्थापन योजनालाई अन्तिम रुप दिइने छ । स्थानीय विकास अधिकारी दामोदर भण्डारीले ताल संरक्षण पर्यटन र पर्यावरण जस्ता विषयसँग प्रत्यक्ष सम्बन्धित हुने भएकोले तिनीहरूको संरक्षण र विकास अपरिहार्य भएको बताउनुभयो । जिल्ला वन अधिकृत प्रभात सापकोटाले संरक्षण र विकासका लागि बन्ने योजनालाई कार्यान्वयनका तहमा लैजान सके मात्र योजना निर्माणको सार्थकता रहने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 172

प्रतिक्रिया (०)

सम्बन्धित खबर