Aamsanchar

सूचना अधिकारी नै छैनन्

Author Image
बुधवार, साउन १२, २०७३

भोजपुर।images (2)

जिल्ला प्रशासन कार्यालय भोजपुरले सूचना अधिकारीको विवरण तोकेर सेवाग्राहीले देख्ने गरी राख्न सबै सरकारी कार्यालयलाई निर्देशन दिएको छ ।

सूचना अधिकारी राख्नुपर्ने प्रावधान भएपनि सबै कार्यालयले सूचना अधिकारी नराखेको पाइएकाले प्रशासनले सबै कार्यालयलाई सूचना अधिकारी तोकेर नाम, पद र सम्पर्क नम्बरसहित कार्यालय परिसरमा राख्न निर्देशन दिएको हो ।

प्रशासनको निर्देशनपछि अधिकांश कार्यालयले सूचना अधिकारी तोकेर कार्यालय परिसरमा सेवाग्राहीले देख्ने गरी राख्न थालेका छन् । सरकारी कार्यालयले सूचना अधिकारी राख्ने गरेको पाइए पनि सेवाग्राहीले थाहा नपाउने गरेको गुनासो आएकाले कार्यालय परिसरमै सूचना अधिकारीको नाम, सम्पर्क नम्बर, फोटो र पदसहितको विवरण राख्न लगाइएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले बताउनुभयो ।

यसैबीच, सूचना अधिकारी तोक्नुअगाडि कार्यालय प्रमुखले नै सूचना अधिकारीको काम गर्दै आएका थिए ।

Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर