Aamsanchar

झापाका सहायक सीडीयो सापकोटालाई प्रेस काउन्सिलले सोध्यो स्पष्टिकरण

Author Image
बिहिवार, साउन १३, २०७३

झापाको सिडिओ कार्यालयलाई प्रेस काउन्सिलको सातदिने पुर्जी

झापा ।

प्रेस काउन्सिल नेपालले झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटालाई सात दिने स्पष्टीकरण पत्र काटेको छ ।
पूर्वाञ्चल दैनिकलाई समाचारको बिषयमा जिल्ला प्रसाशन कार्यालय झापाले तीन दिने स्पष्टीकरण पत्र काटेपछि अधिकार क्षेत्र बाहिर गई पत्रकाटेकोमा प्रेस काउन्सिलले स्पष्टीकरण मागेको हो ।

सचेत नागरिक समूहले झापाको स्वास्थ्य क्षेत्रका बारेमा जारी गरेको विज्ञप्ति र समाचार पूर्वाञ्चल दैनिकमा प्रकाशन भएपछि जिल्ला प्रसाशन कार्यालय झापाले स्पष्टीकरण सोधेको थियो ।
काउन्सिलले आमसंचारका माध्यममा प्रकाशित समाचार सामग्रीबाट आचार संहिता उलंघन भएमा काउन्सिलमा छानविन र कारवाही गर्ने अधिकार भएको पत्रमा उल्लेख छ । पत्रमा प्रेस काउन्सिल ऐन २०४८ को (ङ) र (छ) मा कारवाही तथा छानविन गर्ने व्यवस्था रहेकोमा अधिकार क्षेत्रको अतिक्रमण गरी किन पत्र काटेको हो ? सात दिनभित्र स्पष्टीकरण दिनु भनिएको छ । काउन्सिलले आइतवार पत्रकाटेको छ ।
जिल्ला प्रसाशन कार्यालय झापाले पत्र काटेको बिषयमा नेपाल पत्रकार महासंघ झापा शाखाले आपत्ति प्रकट गरी प्रेस काउन्सिलमा उजुरी गरेको थियो । यसैगरी प्रेस युनियन, प्रेस सेन्टर र मिडिया नेपाल झापा शाखाले जिल्ला प्रसाशन कार्यालयले अधिकार क्षेत्र बाहिर गएर पत्रकाटेकोमा बिरोध गरी विज्ञप्ति जारी गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर