Aamsanchar

दोषीलाई सात करोड जरिवाना 

Author Image
बिहिवार, साउन १३, २०७३

पर्सा ।

जिल्ला अदालतले गत आव २०७२÷७३ मा रु सात करोड ४५ लाख ४० हजार जरिवाना रकम असुल गरेको छ ।

देशभरिकै अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकालाई जिल्ला अदालतबाट खटेको टोलीले पक्राउ गरी उक्त जरिवाना असुल गरेको अदालतका सूचना अधिकृत माधवप्रसाद तिमल्सिनाले जानकारी दिनुभयो । देशभरिकै अदालतबाट भएका फैसलामा पर्साका प्रतिवादीबाट रु ७४ करोड ७८ लाख ६९ हजार जरिवाना असुली गर्नुपर्नेमा स्रोत साधनको अभाव र आरोपितको पहिचान खुलाउनमा देखिएको समस्याका कारण सो पुरै रकम असुल गर्न नसकिएको उहाँले बताउनुभयो ।

गत आवमा जिल्ला अदालतले दुई हजार ३८० वटा मुद्दा फैसला गर्दै उक्त मुद्दामा दोषी ठहर भएकाबाट रु ४६ लाख ८३ हजार जरिवाना असुल गरेको थियो । अदालतबाट फैसला भएका मुद्दामध्ये सबैभन्दा बढी सरकारवादी र व्यक्तिवादी मुद्दा रहेका छन् । उहाँले गत आवमा ६१२ सरकारवादी र ६६७ व्यक्तिवादी मुद्दा दर्ता भएकामध्ये ४६९ सरकारवादी र ४२५ व्यक्तिवादी मुद्दाको फैसला भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर