Aamsanchar

दुर्घटनामा पूर्वराज्यमन्त्रीसहित ११ को मृत्यु

Author Image
बिहिवार, साउन १३, २०७३

bus durghatana

धनकुटा ।

धनकुटाको सिधुवामा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या ११ पुगेको छ। सातजनाको घटनास्थलमा र चारजनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ । संखुवासभाबाट धरानका लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको बस सिधुवा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिए। दुर्घटनामा परी माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवाको मृत्यु भएको पुष्टि भएको छ भने अन्य मृतकको सनाखत हुन सकेको छैन् ।
डाँफे मुनाल यातायातको बस दुर्घटनामा परेको हो। अधिकांश घाइते धरान बीपी अस्पतालमा ल्याइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)